७ फागुन, काठमाडौं । सेयर कारोबार नेप्से आज ५.२४ अंकले बढेको छ । यो बृद्धिसंगै परिसूचक १४०५.२५ अंकमा पुगेको छ तर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ पनि झिनो अंक (०.९९)ले बढेर २९५.९४ अंकमा पुगेको छ ।
आज सुचिकृत मध्ये १७७ कम्पनीका रु १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३ सय ८९ बराबरको ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
“सबैभन्दा धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । उसले १४ करोड ७१ लाख ६२ हजार ९ सय १३ रुपैयाँ बराबरको २ लाख ३४ हजार ७ सय ४७ कित्ता सेयर किनबेच गरेको छ ।”
नेप्सेका अनुसार कारोबार भएका १२ वटा उप समूहमध्ये ब्यापार ८.२९, विकास बैंक ५.५२, जलविद्युत ४.८१, उत्पादन मूलक ९४.७१, अन्य ४.५६ र लघुबित्त १०४.३९ को परिसूचक हिजोको तुलनामा सुधार हुँदा बैकिङ ३.७५, होटल ०.२७, बित्त ३.२७, निर्जिवन बिमा ५२.७८, जीवन विमा १९.४२ सामुहिक लगानीकोष ० को परिसुचक भने घटेको छ ।

आज सबैन्दा धेरै कमाउनेमा लघुवित्तका लगानीकर्ता रहेका छन । सो समूहका लगानी कर्ताले १०४.३९ अंकले कमाउँदा निर्जीवन वीमा कम्पनीका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन । सो समूहका लगानीकर्ताले ५२.७८ अकले गुमाएका छन ।
नेप्सेका अनुसार सबैभन्दा धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । उसले १४ करोड ७१ लाख ६२ हजार ९ सय १३ रुपैयाँ बराबरको २ लाख ३४ हजार ७ सय ४७ कित्ता सेयर किनबेच गरेको छ । उसको मात्र ६ सय ८९ पटक सेयर लेनदेन भएको छ ।
आज आशा लघुवित्त ७८, सामूदायीक लघुवित्त ९३, बोटलर्स नेपाल ७०२ लगायतका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा मल्टि प्रपोज फाइनान्स १३, राष्ट्रिय वीमा कम्पनी ३३९, राष्ट्रिय वीमा कम्पनी लिमिटेड प्रमोटर २१० लगायतका लगानीकर्ताले गुमाएका छन ।
झिनो अंकको बृद्धिसंगै नेप्सेले १४ सय टेक्यो, कारोबार रकम भने २ अर्ब माथि
वि.सं.२०७६ फागुन ७ बुधवार १६:१५ मा प्रकाशित






























