७ फागुन, काठमाण्डौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल प्रमूख अतिथिको रुपमा उपस्थित कार्यक्रममा बैंकका संचालक समिति, व्यवस्थापन समिति र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गभर्नर नेपालले बैंक अफ काठमाडौंले बैंकिङ क्षेत्रमा पुर्याएको योगदानको प्रशंशा गरे । बैकले २५ औं वार्षिकोत्सवको अवसरमा रेडक्रसको सहकार्यमा रक्तदान, बैंकको आन्तरिक फुट्सल प्रतियोगितालगायतका कार्यक्रमको आयोजना गरि साताव्यापी रुपमा मनाउने भएको छ ।
कार्यक्रममा बैंकले आफ्नो संस्थागत उत्तरदायित्वमार्फत् काठमाण्डू इन्स्च्यिुट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जिीवी नेपालले इन्स्च्यिुटका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइराललाई हस्तान्तरण गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुको समावेशीता बढाउन तथा उनीहरुको क्षमता अभिवृद्धि गर्न चाहिने तालिम प्रदान गर्नका लागि बैंकले सोसाइटी अफ इकोनोमिक जर्नालिस्ट (सेजोन) नेपाललाई रु ५ लाख सहयोग गरेको छ । उक्त सहयोगको चेक संस्थाका सभापति भिमप्रसाद गौमलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले ग्राहकको सुविधालाई मध्येनजर राख्दै बीओके कृषि कर्जा सार्वजनिक गरेको छ । साथै सहज बचत खाता नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ । बैकका हाल १० एक्टेशन काउन्टरसहित देशभर ८७ शाखा र ७८ एटीएम संचालनमा छन् ।
वि.सं.२०७६ फागुन ७ बुधवार १७:१८ मा प्रकाशित






























