१९ फेब्रअरी, कुवेत । कुवेतको हस्पिटलमा साढे दुई महिनादेखी अचेत अवस्थामा उपचार गराइरहेका सुरेश बहादुर खत्रीको मृत्यु भएको छ ।
झापा गोल्धाप घर भइ लामो समयदेखी पोखरा महानगरपालिका वडा नं १६ लामाचौर बस्ने ०७१३९३९७ नं राहदानी वाहक सुरेश बहादुर खत्रीको मंगलबार (फाुगन ६ गते) उपचारकै क्रममा निधन भएको नेपाली दूतावासकी द्वितीय सचिव जानकी ओझाले जानकारी दिएकी छन् ।
खत्रीलाइ गत डिसेम्बर ६ तारिक एक्कासि बेहोस भएपछि एम्बुलेन्सद्वारा हस्पिटल र्पुयाइएको थियो । अचेत अवस्थामा उपचार भैरहेको र उनलाइ नेपाल पठाउन भनी २२ डिसेम्बरका दिन गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतसमक्ष उनको परिवारले निवेदन दिएका थिए ।
त्यसपछी एनआरएनए एनसीसी कुवेतको अध्यक्ष सहितको टोली अस्पताल पुग्दा खत्रीको ब्रेन ह्याम्रेजको कारण कोमामा रहेको उपचारमा संलग्न डाक्टरले जानकारी गराएका थिए ।
उनको उपचारमा सुधार नहुँदै हिजो मंगलबार उनले संसार त्यागेका हुन् ।
खत्री झन्डै २० बर्ष देखि कुवेतमा कार्यरत थिए । पछिल्लो समय उनी कुवेतको प्रतिष्ठित एजिलिटी कम्पनिमा कार्यरत थिए ।
६ जनाको मृत्युको आँसु सुक्न नपाउँदै कुवेतमा फेरि अर्का नेपालीको मृत्यु
वि.सं.२०७६ फागुन ७ बुधवार १७:४५ मा प्रकाशित






























