९ फागुन, काठमाडौँ । वेलिंग्टनमा भईरहेको भारत र न्युजिल्याण्ड बिचको पहिलो टेस्टको पहिलो दिनमा टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले ५५ ओभरमा १२२ रन बनाएर ५ विकेट गुमाएको छ ।
भारतले आफ्नो पहिलो विकेट १६ रनमा गुमाएको थियो भने दोस्रो विकेट ३५ रनमा गुमाएको थियो । भारतले २ विकेट गुमाएपछि ब्याटिङ्ग गर्न आएका भारतका कप्तान विराट कोहली पनि २ रनमै आउट भएपछि भारतले ४० रनमा ३ विकेट गुमाउन पुग्यो ।
त्यसपछि भारतले ८८ रनमा चौँथो र १०१ रनमा पाचौँ विकेट गुमाउन पुग्यो । त्यसपछि भारतका उपकप्तान अजिंक्य रहाणे र रिषभ पंतले भारतको पारी सम्हालेका थिए ।
न्युजिल्याण्डका लागि पहिलो दिन काइल जैमीसनले सर्वाधिक ३ विकेट हात पार्न सफल भए ।
पहिलो दिनमा बर्षका कारण ५५ ओभर भन्दा बढि खेल चल्न सकेन । बर्ष नरोकिएपछि पहिलो दिनको धोषणा गरिएको थियो ।
वि.सं.२०७६ फागुन ९ शुक्रवार १०:५२ मा प्रकाशित






























