back
CTIZAN AD

कम्युनिष्टहरु आफ्नै कारणले सकिदैंछन्, यो राम्रो संकेत होइनः प्रचण्ड

वि.सं.२०७६ फागुन ९ शुक्रवार

756 

shares

९ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिष्टहरु आफ्नै कारणले सकिदैं गएको मा चिन्ता प्रकट गरेका छन् । कम्युनिस्टको संस्कार र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको उनको भनाई थियो ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीहरु सत्तामा पुगिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट बिचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा पनि र नेपालका इतिहासमा पनि उल्लेख्य रहेको बताए । शोभियत संघको विघटनको प्रसंग उल्लेख गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट च्यूत हुँदा समस्या आउने गरेको बताए ।

‘हाम्रो पनि नियति त्यतै जाने खतराका संकेतहरु देखिन थालेका छन्, अहिले नै भइसक्यो भन्या होइन, आजभोलि यसो घटना हेर्‍यो मान्छेहरु त बिग्रिने, बिग्रिनेतिर जान थाले,’ प्रचण्डले भने ।

कम्युनिस्टहरु सत्तामा गइसकेपछि पद, प्रतिष्ठा, लोभ, लालचा अनि विभिन्न खालका विसंगति, विकृति, भ्रष्टाचारजन्य क्रियाकलपाहरुमा संलग्न हुने गरेको देखिन थालिएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गरे ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार १२:३१ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...