back
CTIZAN AD

कुवेतमा आयोजित एनआरएनए भलिवल टुर्नामेन्ट २०२० मा ११ टिमको प्रतिस्पर्धा हुने

वि.सं.२०७६ फागुन ११ आइतवार

930 

shares

२३ फेब्रअरी, कुवेत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा हुन लागेको ‘एनआरएनए भलिवल टुर्नामेन्ट २०२०’ मा ११ टिमको प्रतिस्पर्धा हुने भएको छ ।
कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रअरी २०२० मंगलबारको दिन मिसरफस्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ–सिट प्रकाशित गरेको समेत गरिसकेको छ । प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमले सहभागिता जनाउने छन् ।

२१ फेब्रअरीका दिन एमबि बमजन गोल्ड कपको खेल मैदानमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, एनआरएनए मध्यपूर्व महिला संयोजक सुमित्रा देवी पौडेल, एनआरएनए मानार्थ आइसीसी सदस्य सुरज मास्के, एनसीसी परिवार लगायत भलिबल प्रतियोगितामा प्रतिस्पर्धा जनाउने भलिबल टिमका टिम क्याप्टेन तथा प्रतिनीधिहरूको रोहबरमा गोला थुतेर सार्वजनिक गरिएको टाइ–सिट अनुसार ‘ए पोल’ बाट ६ टिम र ‘बि पोल’ बाट ५ टिम ले प्रतिस्पर्धा गर्ने छन् भने बि पोलमा रहेको बिजोडी टिमले सिधै क्वार्टर फाइनल खेल खेल्न पाउने छ ।

प्रकाशित टाइ–सिट अनुसार पहिलो खेल ‘ए पोल’ मगर संघ कुवेत ए टिम र नेपाल टिमबीच हुनेछ भने दोश्रो खेल ’बि पोल’ बाट मगर संघ कुवेत बि टिम र कल्याणकारी समाज बि टिमबीच हुनेछ । तेश्रो खेल ए पोलबाट नेपाल कुवेत सरोकार समाजको टिम र तनहुँ भलिबल टिमबीच हुनेछ भने चौथो खेल बि पोलबाट मोना कुवेत बि टिम र स्याङ्जा समाज कुवेतको टिमबीच हुनेछ । पाँचौं खेल सुदुरपश्चिमेली भलिबल टिम र कल्याणकारी ए टिमबीच हुनेछ भने बिजोडीमा परेको मोना कुवेत ए टिमले बि पोलबाट चौथो खेल जित्ने टिमसँग सिधै क्वार्टर फाइनल खेल खेल्नेछ ।

अन्तर–नेपाली भलिबल प्रतियोगिता बिहान ८ बजेबाट शुरू हुनेछ भने भलिबल खेल अन्तर्राष्ट्रिय स्तरको कभर्ड हलमा खेलाइनेछ । भलिबल प्रतियोगिताको स्तरियतालाइ ध्यानमा राखेर प्रतियोगितस्थलमा निकै कडा सुरक्षा ब्यवस्था रहने बताइएको छ । प्रतियोगितामा सहभागिता जनाउने तथा प्रतियोगिता हेर्न आउने खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ कुवेतको कानुनले वर्जित गरेका खानपिन नखान तथा नलैजान एनसीसी कुवेतले सबैमा अनुरोध समेत गरेको छ । साथै सहभागी सबै टिमहरूलाइ समयमै उपस्थित भइ दिन तथा मर्यादित र अनुसाशित भइ स्वस्थ्य प्रतिस्पर्धा गर्न आग्रह गरेको छ ।

स्मरण रहोस, एनआरएनए कुवेतले भिआइपी एरियामा कडा सुरक्षाको विच आयोजना गर्न लागेको यो भलिबल प्रतियोगिताका प्रथम, द्वित्तिय र तृतीय हुने विजयी टिमहरूलाइ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कारको राशी प्रथमलाइ १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ ।
प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रेजरलाइ समेत ट्रफी र नगद पुरस्कार सहित पुरस्कृत गरिने भएको छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार ०९:०३ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...