back

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरघरै उपचार

वि.सं.२०७६ फागुन ११ आइतवार

495 

shares
GLOBAL IME AD
NTC AD

११ फागुन , विदुर । नुवाकोटको विदुर नगरपालिकाले आफ्ना १३ वटै वडामा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ ।

नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि धाएर सदरमुकाम आउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

“विदुर नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारी, वडावडाका स्वास्थ्यचौकीहरुमा रहेका स्वास्थ्यकर्मीलगायतलाई परिचालन गरी प्रत्येक वडाका नागरिक र ज्येष्ठ नागरिकहरुलाई घरघरमै गई उपचार गर्ने अभियान चालेका छौँ”, प्रमुख पण्डितले भने ।

शिविरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, ज्वरो, रुवाखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मिर्गौलालगायत जाँच र उपचार निःशुल्क हुनेछ । नगरपालिकाका उपप्रमुख गीता दाहालले घरघरमै गएर उपचार गर्दा ज्येष्ठ नागरिकलाई केही राहत मिल्ने बताइन् ।रासस

वि.सं.२०७६ फागुन ११ आइतवार ०९:२९ मा प्रकाशित

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...

पौडी पोखरीमा डुबेर एकको मृत्यु, आठ जना पक्राउ

पौडी पोखरीमा डुबेर एकको मृत्यु, आठ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी...

नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको...

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको...

जितका लागि नेपाललाई १५९ रनको लक्ष्य

जितका लागि नेपाललाई १५९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को...

आज पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना !

आज पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना !

  काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव...