back
CTIZAN AD

न्युयोर्कमा डा. सन्दुक रुइतले दिए प्रेरणात्मक प्रवचन

वि.सं.२०७६ फागुन ११ आइतवार

765 

shares

भ्वाइस अफ युथको आयोजनामा न्युर्योकमा सम्पन्न भएको  एक कार्यक्रममा दृष्टिविहीनहरुकादृष्टिदाता  वरिष्ठ  आँखा चिकित्शक तथा सर्जन कर्मवीर सन्दुक रुइतले प्रेरणात्मक प्रवचन दिएका छन्

तन्नेरी युवाहरुद्धारा भव्य, सुव्यवस्थित  रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा डा. रुइतले  आफूलाई  दृष्टिदाता भगवानको रुपमा  मानिए पनि  ती वेकारको  कुरा रहेको बताउँदै  दृष्टिविहीनहरुका लागि आफूले पवित्र कर्म गरिरहेको बताएका थिए

 भाषण, मन्चाशन, आशन ग्रहण वा खादा ओढाउने लगायतका कार्यक्रमहरु भन्दा भिन्नै रहेको उक्त कार्यक्रमका  ४०० सिट क्षमताको हल खचाखच रहेको थियो भने युवा समुहका छिरीङ लामाले उद्घोषण   गरेका थिए

 सो अवसरमा डा रुइतले सत्कर्म, सद्भाव, समभावबारे सरल, स्पष्ट अर्थपूर्ण प्रवचन दिएका थिए उनले Success doesn’t come in shortcut अर्थात छोटकरीमा सफलता हाँसिल हुँदैन भन्ने सन्देश सम्प्रेषण गरे

अझ त्यस कार्यक्रमको culmination चाहीँ प्रश्न-उतर सेशन थियो, जहाँ डा. रुइट बढी खुले त्यो जिउँदो छलफल सबै श्रोताले रुचाए

 नेपालमा नेपालीहरुले डा रुइतको   सत्कर्मको नेपाली पाराले नै चर्चा परिचर्चा गरेको पाइन्छ      एकजना बिदेशी पत्रकार लेखक David Oliver Relin ले डा रुइत उनको सहकर्मी डाक्टर Geoffrey Tabin को कर्मिक जीवनको बारेमा Second Suns नामक एउटा सत्य कथामा आधारित किताब नै लेखेका छन्।

बहुचर्चित किताब Three Cups of Tea का सहलेखक पनि हुन्-Relin   हालसालै, अष्ट्रेलियाली पत्रकार अली ग्रिपरले कर्मबिर डा रुइत बारे The Barefoot Surgeon नामक किताब प्रकाशित गरेकी छिन् यो किताबलाई नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गर्नु भएको

वि.सं.२०७६ फागुन ११ आइतवार ०९:४६ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....