Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

मुखै रसाउने अनि मिठो मानिने चटपटे, के भन्छन् त व्यवसायी र ग्राहकहरु ?



११ फागुन, काठमाण्डौं । प्राय सबैलाई मनपर्ने र छिट्टो मिठ्ठो खाजा चटपटे भएको छ । अहिले नेपालको जुनसुकै ठाउँमा चटपटे पानीपुरी पसल पाउन सकिन्छ । नेपालमा कमै मानिस त्यस्ता होलान् चटपटे नखाने मानिस । राजधानीमा जहाँ त्यही चटपटे पसलहरु देख्न सकिन्छ ।

स्वास्थ्यको दृष्णिकोटबाट चटपटे अस्वस्थकर हुने भए पनि हेराइ अनुसार चटपटे पानीपुरी स्वस्थकर र अस्वस्थकर हुने भनाइ पनि पाइन्छ । चटपटे अमीलो, पीरो, नुनीलो हुने भएकाले पनि सवैको रोजाइमा पर्ने गर्दछ । विशेषत युवाहरु वर्गहरुको प्रिय खानामा चटपटे गनिन्छ ।

चटपटे अन्य खाजाजस्तै महँगो नभएर १०- २० रुपैयाँमा पनि किन्न सकिने तथा कम लगानी गरेर कम मेहनतमा छिटै तयार रहने चटपटेबाट राम्रो आम्दानी हुने हुनाले यो धेरै साना व्यवसायीको रोजाइमा पनि पर्ने गरेको छ । विशेषत तराईका साना व्यवसायी यसप्रति आकर्षित छन् । साथै पछिल्लो समय महिलाहरुले पनि यसलाई मुख्य उर्पाजनको बाटो बनाएर जीवन धानेको पनि पाइन्छ ।

चटपटे पसलमा भेटिएका युवा अजय मण्डलले खानको लागि स्वस्थकर नमानिए पनि वसिवियालोका लागि चटपटे खाने गरेको बताउँछन् । तर भृकुटीमण्डपकी चटपटे व्यवसायी शान्ती कँडेल भने आफूले चटपटेमा अखाद्य सामग्री मिसावट नगर्ने र आवश्यक सामग्री घरबाट नै ल्याउने गरेको बताउँछिन् । उनले पसल राखेको १५ महिना भएको वताउदै पहिले व्यापार राम्रो हुने गरे पनि अहिले बस स्टप हटाएपछि व्यापारमा कमि आएको बताउछिन् ।

यस्तै उनले आफ्नो आम्दानी बाट ३००० समाज कल्याण परिषद्लाई र फोहोर लाई ३०० रुपैयाँ मासिक भाडा बुझाउने गरेको बताइन् । कंडेल आफ्नो आम्दानीले घरखर्चमा सहयोग पगेको समेत बताउँछिन् ।

केहि राम्रो जीवन जीउने आशाका साथ बर्दिबासबाट काठ्माडौ आएकी अर्की चटपटे व्यापारी दिलमायाँ श्रेष्ठको पनि उस्तै भनाई छ । यहि दशै ताका १ लाख रुपैयाँमा ठेला पसल किनेर चटपटे पसल सञ्चालन गरेकी हुन् श्रेष्ठले । सुरुवाती दिनहरुमा दैनिक ३ देखि ४ हजारसम्म विक्रि हुने गरे पनि अहिले भने ४ देखि ५ हजार सम्म मात्र विक्रि हुने गरेको वताउछिन् । अहिले पसलको भाडा तिर्न पनि धौ–धौ भएको वताउछिन् ।

भृकुटीमण्डपमै चटपटे वेचेर ५ वर्ष बिताएकी ओखलढुङ्गाकी लक्ष्मी घिमीरे भने पहिले जति व्यापार नभए पनि दैनिक १००० रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको वताउछिन् । उनीले आफुले चटपटे वनाउँदा बजारमा पाइने अमीलो भेनिगर प्रयोग नगर्ने कारण स्वस्थ हुने बताउँदै पानी, अमीलो मसला स्वास्थलाई असर नपार्ने खाद्य वस्तु मात्रै प्रयोग गर्ने बताइन् । यहि चटपटे व्यवसाय गरेर श्रीमानलाई थोरै मात्र भए पनि घर खर्चमा सहयोग गरेको बताउँछिन् ।

यस्तै, छिमेकी मुलुक भारतबाट भारतीय नागरिकहरु विभिन्न व्यापार व्यवसाय गर्नका लागि आउने गरेको पाइन्छ । भुकुटीमण्डपस्थित फनपार्कको गेट छेउमा पनि चटपटे पानीपूरी पसलको लस्कर देख्न सकिन्छ । जहाँ भारतीय नागरिकहरु चटपटे पानीपूरी बेच्न बसेका र बेच्दै गरेका देख्न सक्छौं ।

१५, १६ वर्ष अगाडी नेपाल आएर चाटपटे व्यापार गर्दै आएका भारतिय नागरिक राम जी शाह आफ्नो व्यापार भएका कारण कसैले पनि अस्वस्थकर चटपटे नवनाउने बताए । उनले आफ्नो आम्दानीलाई नेपालकै बैकमा जम्मा गर्ने र आफ्नो घर नेपाल भारत सिमा नजिक पर्ने भएकाले घर जादाँ वा नेपालमै भुक्तानी गर्ने गरेको बताए ।

स्वस्थकर नभए पनि चटपटेले फुर्तिलो र ताजा गराउने भएकाले आफुले खानेगरेको हेमा तामाङको अनुभव छ । यस्तै, झापाका दर्पण लिम्बु चटपटे पिरो, अमीलो ठिक्क मात्रामा खादा स्वस्थ्यलाई असर नपार्ने बताउँदै दिक्क लाग्दो समयमा खाँदा शरिरमा पुनर्ताजगी ल्याएको उनको अनुभव छ ।

सिंजाली प्रशिक्षार्थी पत्रकार हुन्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

१. पीडाको कथा मनको व्यथा बलिको प्रथा । २. हाम्रो अक्कल अज्ञानी पशु बध

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा