back
CTIZAN AD

विश्व क्रिकेटका जिउँदा इतिहास सचिन रमेश तेन्दुलकर

वि.सं.२०७६ फागुन ११ आइतवार

1K 

shares

११ फागुन, काठमाडौँ । २४ अप्रिल , १९७३ मा मुम्बईको निर्मल नसिङ्ग होममा सचिन रमेश तेन्दुलकरको जन्म भएको थियो । उनका पिता रमेश तेन्दुलकर एक प्रख्यात मराठी उपन्यासकार र कवि थिए भने उनकी आमा रज्नी तेन्दुलकर वीमा कम्पनीमा काम गर्थिन । एघार बर्षको उमेरदेखि क्रिकेट खेल्न सुरु गरेका सचिन तेन्दुलकरले १६ बर्षको उमेरमा सन १९८९ को नोभेम्बर १५ का दिन पाकिस्तान विरुद्धको टेस्ट क्रिकेटबाट भारतका लागि अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

सचिन आफ्नो टेस्ट क्रिकेटको डेब्यूमा १५ रनमा आउट भएका थिए । टेस्ट क्रिकेटमा डेब्यू गरेको एक महिना पछि नै सचिनले सन १९८९ डिसेम्बर १८ मा पाकिस्तान विरुद्धको खेलबाट भारतका लागि एकदिवसीय क्रिकेटमा पनि डेब्यू गरे । उनको एकदिवसीय क्रिकेटको डेब्यू भने सम्झ्न लाएक रहेन । उनी एकदिवसीय क्रिकेटको डेब्यू खेलमा शुन्य रन मै आउट भएका थिए ।

डेब्यू खेलमा राम्रो प्रदशन गर्न नसकेता पनि सचिनले पछि गएर अन्तराष्ट्रिय क्रिकेटमा कयौँ विश्व कीर्तिमानहरु बनाउन सफल भए ।
टेस्ट क्रिकेटमा डेब्यू गरेको ९ महिना मै सचिनले आफ्नो पहिलो अन्तराष्ट्रिय सतक बनाए । उनले सन १९९०, अगस्ट १९ मा भएको इङ्गल्याण्ड विरुद्धको टेस्ट खेलमा ११९ रन बनाउदैँ नटआउट रहेर पहिलो सतक बनाएका थिए ।

एकदिवसीय क्रिकेटमा भने पहिलो सतक बनाउन लगभग ५ बर्ष लाग्यो । सन १९९४, सेप्टेम्बर ९ मा अष्ट्रेलिया विरुद्धको खेलमा ११० रन बनाउदैँ आफ्नो एकदिवसीय क्रिकेट करियरको पहिलो सतक बनाएका थिए, सचिनले ।

तेन्दुलकरले आफ्नो २२ वर्षिय अन्तराष्ट्रिय क्रिकेट करियरमा भारतका लागि ६६४ खेल खेल्दै ३४ हजार ३ सय ६७ रन बनाए । अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्म पनि सचिनले भन्दा बढि रन अरु कुनै खेलाडिले बनाउन सकेका छैनन् । सचिनले भारतका लागि टेस्ट क्रिकेटमा २०० खेल खेल्दै १५ हजार ९ सय २१ रन बनाए । उनले टेस्ट क्रिकेटमा मात्र ६ वटा दोहोरो सतक, ५१ वटा सतक र ६८ वटा अर्धसतक बनाए ।
एकदिवसीय क्रिकेटमा भने उनले भारतका लागि ४६२ खेल खेल्दै १८ हजार ४ सय २७ रन बनाए । यस क्रममा उनले एकदिवसीय क्रिकेटमा एक दोहोरो सतक, ४९ सतक र ९६ वटा अर्धसतक बनाए । उनले आफ्नो टेस्ट करियरमा ५३ दशमलब ७९ र एकदिवसीय क्रिकेटमा ४४ दशमलब ८३ को औसतले रन बनाएका थिए ।

सचिनको टि–२० अन्तराष्ट्रिय करियर भने निकै छोटो रह्यो । उनले २००६ डिसेम्बर १ मा दक्षिण अफ्रिका विरुद्धको खेलबाट टि–२० अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनी त्यस खेलमा १२ बल खेल्दै १० रन बनाएर आउट भएका थिए । त्यस खेल पछि उनले अरु कुनै टि–२० अन्तराष्ट्रिय खेल खेल्ने मौका पाएनन ।

सचिन तेन्दुलकर अन्तराष्ट्रिय क्रिकेटमा एक सय सतक बनाउने पहिलो र एक्लो खेलाडी समेत हुन । धेरै सतक बनाउने खेलाडीको सुचीमा दोस्रो नम्बरमा रहेका अष्ट्रेलियाका पूर्व कप्तान रिर्की पोन्टिङ्गको नाममा ७१ सतक रहेको छ । दोस्रो नम्बरमा रहेका रिर्की पोन्टिङ्ग भन्दा सचिनले २९ सतक बढि बनाएका छन । सचिनले अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो सयौँ सतक २०१२ मार्च १६ का दिन ढाकामा भएको बंगलादेश विरुद्धको खेलमा पूरा गरे ।

सचिन तेन्दुलकर अन्तराष्ट्रिय क्रिकेटमा ९० देखि १०० रनको बिचमा सबै भन्दा बढि आउट हुने खेलाडी समेत हुन । उनी २७ पटक (१७ पटक एकदिवसीयमा र १० पटक टेस्टमा) ९० देखि १०० रनको बिचमा आउट भएका थिए । त्यसैगरी सचिन ब्याटिङ्ग गर्ने क्रममा पनि ३४ पटक शुन्य मै आउट भएका थिए ।

सचिनले ब्याटिङ्गसँगै बलिङ्गमा पनि अन्तराष्ट्रिय क्रिकेटमा २०१ विकेट लिएका छन । उनले टेस्ट क्रिकेटमा ४६ विकेट लिए भने एकदिवसीयमा १५४ र टि–२० मा १ विकेट लिन सफल भएका थिए ।
सचिनलाई भारतका धेरै राष्ट्रिय पुरस्कारहरुबाट पनि सम्मान गरिएको छ । उनलाई १९९४ मा अर्जुन पुरस्कार, १९९७–१९९८ मा राजिव गान्धि खेल रत्न, १९९९ मा पद्मश्री, २००१ मा महाराष्ट्र भूषण पुरस्कार, २००८ मा पद्म विभूषण र २०१४ मा भारत रत्न जस्ता राष्ट्रिय पुरस्कारले सम्मान गरिएको थियो ।

क्रिकेट जगतका भगवान समेत भनेर चिनिने सचिन रमेश तेन्दुलकरले २०१२ मार्च १८ मा एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । एकदिवसीय क्रिकेटबाट सन्यास लिएको दुई वर्ष नपुग्दै उनले २०१३ नोबेम्बर १६ मा ४० वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटका सबै फरम्याटबाट सन्यासको धोषणा गरे ।

वि.सं.२०७६ फागुन ११ आइतवार १६:४४ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...