back
CTIZAN AD

सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकै दिनमा ३ अर्ब ६० करोडको कारोवार

वि.सं.२०७६ फागुन ११ आइतवार

1.3K 

shares

११ फागुन, काठमाडौं । सेयर कारोबार नेप्सेले आज ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज सुचिकृत मध्ये १७८ कम्पनीका ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैंयाँ बराबरको ८७ लाख ७९ हजा ५ सय २२ कित्ता सेयर किनबेच भएको छ ।

“साताको पहिलो दिन बजार खुल्दा हौसिएको सेयरबजार २ घण्टाको हाराहारीमा सर्किट ब्रेकर लगाउनु पर्ने स्थितिमा पुगेको थियो । उच्च गतिमा बढेको वजार परिसूचक ६९.५६ अंकले बृद्धि भई १५०४.१४ बिन्दुमा पुगेको छ ।”

साताको पहिलो दिन बजार खुल्दा हौसिएको सेयरबजार २ घण्टाको हाराहारीमा सर्किट ब्रेकर लगाउनु पर्ने स्थितिमा पुगेको थियो ।  उच्च गतिमा बढेको बजार परिसूचक ६९.५६ अंकले बृद्धि भई १५०४.१४ बिन्दुमा पुगेको छ । यो बृद्धि समग्रमा ४.८५ प्रतिशत हो । ठूला कम्पनीको करोबार देखाउने सेन्सेटिभ पनि १७.७ अंकले बढेर ३१७.५० पुगेको छ । आजको सेयरको गति हेर्दा केहि वर्ष देखि खच्किएको बजारको पुनरागमन भएको छ । यो स्वभाबिक भएको सेयर विष्लेषकहरुको भनाइ रहेको छ ।

कूल १२ उपसमुह मध्ये सबैको परिसूचक उकालो लागेको छ । जस अनुसार बैंकिङ ८६.०१, ब्यापार ७३.११, होटल ११.७७, बिकास बैक ५४.५९, जलविद्युत ३३.७५, बित्त २२.५६, निर्जिवन बिमा १३९.८५, उत्पादन मूलक ३८.६२, अन्य २४.६३, लघुबित्त ५४.८९ जीवन विमा १९२.३६ र संयुक्त लगानी कोष ०.२८ ले उकालो लागेकोे हो ।

आज सबैन्दा धेरै कमाउनेमा जीवन र निर्जीवन वीमा कम्पनी समूहका लगानीकर्ता रहेका छन । जीवन वीमा कम्पनी समूहका लगानीकर्ताले १९२.३६ र निर्जीवन वीमा कम्पनीका लगानीकर्ता १३९.८५ अंकले कमाएका छन ।

सबैभन्दा धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । उसले १२ करोड ५६ लाख २१ हजार ७ सय ६६ रुपैयाँ बराबरको सेयर किनबेच गरेको छ । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य ४५४ रहेको थियो । उसको मात्र ८९६ पटक सेयर लेनदेन भएको छ ।

कारोबार संख्याको आधारमा आज प्रभु बैक लिमिटेड अग्र स्थानमा रह्यो । उसले ३ लाख ६२ हजार १ सय २० कित्ता सेयरको कारोबार गर्यो आजको कारोबारमा उसको अन्तिम मूल्य २६७ रुपैयाँ थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा साल्ट ट्र्ेड्रिङ २६०, स्वदेशि लघु बित्त १००, कालिका लघु बित्त ९२ लगायतका लगानीकर्ताले कमाउँदा महिला सहयात्रा लघुबित्त –२०, नेरुदे लघु बित्त –२०, इन्फिनिटी –१९, तारागाउँ रेजेन्सि –१९ लगायतका लगानीकर्ताले गुमाएका छन ।

यो पनि हेर्नुहोस

सेयर बजार सर्किट ब्रेकरको अबस्थामा, एकै पटक ५ प्रतिशतकोे झट्का ।

 

वि.सं.२०७६ फागुन ११ आइतवार १६:३४ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...