११ फागुन, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्नुपर्ने बताएका छन्। उनले भारतसँगको सीमा विवादबारे दुई देशबीच प्रधानमन्त्रीस्तरमा वार्ता हुनुपर्ने बताए।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ५८ वर्षदेखि कालापानी क्षेत्रमा बसेको भारतीय सेनालाई पनि तत्काल हटाउनुपर्ने बताए। उनले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको र उनलाई राजीनामा मात्रै गराउन लगाउनु पर्याप्त नभएको जिकिर गरे।
उनले भने, ‘यदि स्विस कम्पनीसँग अन्तरविरोध नभएको भए तरु ठूलो मात्रामा भ्रष्टाचार हुन लागेको रैुछ नि, २६ अर्बमा हुने कुरा लागत बढाएर ४० अर्ब पुर्याइएको रहेछ, यत्रो ठूलो रकम खाने योजना रहेछ।’ गजुरेलले मन्त्री बाँस्कोटाको ७ वटा योजनामा एक खर्ब खाने योजना रहेको कुरा पनि मिडियामा आएको सुनाए।
उनले वर्तमान सरकार नै भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाए।
वि.सं.२०७६ फागुन ११ आइतवार १७:१६ मा प्रकाशित






























