back
CTIZAN AD

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ -गृहमन्त्री थापा

वि.सं.२०७६ फागुन १३ मंगलवार

867 

shares

१३ फागुन, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् । अस्पतालको आज निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए ।

अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने पनि बताए । ‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उनको भनाइ थियो ।

देशभर र छिमेकी देशबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने बताउनुभयो । उनले स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसमा सरकारको विशेष जोड रहेको पनि उल्लेख गरे ।

सो अवसरमा अस्पतालका नवनियुक्त अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य र कानून अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए ।

तीन वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो । त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको हो । मन्त्री थापाले आजै भरतपुर महानगरपालिका–१६ मा निर्माण भएको क्रुजको अवलोकन र परीक्षण यात्रा पनि गरेका छन् ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १३:१६ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...