back
CTIZAN AD

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ – ट्रम्प

वि.सं.२०७६ फागुन १३ मंगलवार

852 

shares

१३ फागुन, नयाँ दिल्ली ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएको छ ।

भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका छन् ।

समाथीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखेका छन् , “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्त रुपमा उभिन्छन्, यही नै तपाईप्रति श्रद्धा सुमन छ ।”

महात्मा गान्धीलाई श्रद्धान्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट गएका हुन् ।
त्यहाँ रहँदा उहाँहरुले एक मिनेट मौन धारण गरेका थिए । सो अवसरमा उनीहरुलाई केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहार स्वरुप प्रदान गरेका थिए ।

राजघाटमा राष्ट्रपति ट्रम्प दम्पत्तिले बृक्षरोपण पनि गरेका थिए । दुई दिने भ्रमणका लागि सोमबार भारत आएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रंगशाला र प्रेमको प्रतीक मानिने ताज महल गएको थियोे ।

रंगशालामा नमस्ते ट्रम्प नाम दिइएको भव्य कार्यक्रमको आयोजना गरिएको थियो र त्यहाँ दुवै नेताले सम्बोधन गरेका थिए ।
आफ्नो कार्यकालको अन्तिम बर्ष भारत भ्रमणमा आएका ट्रम्प मङ्लबार राती स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन् ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १३:३५ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...