१३ फागुन, काठमाडौँ । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव–इन्जिनियर नवलेस कुमार रौनियार घुस सहित पक्राउ परेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव–इन्जिनियर रौनियारले सेवाग्राहीसँग ४० हजार ५ सय लिएको विषयमा पक्राउ गरेको हो ।
कास्कीबाट प्राप्त पत्र तथा संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा पक्राउ परेका रौनियारमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ फागुन १३ मंगलवार १३:४३ मा प्रकाशित