back
CTIZAN AD

राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो

वि.सं.२०७६ फागुन १३ मंगलवार

756 

shares

१३ फागुन, अछाम । अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् ।

राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना पुरुष रहेको कार्यालयले जनाएको छ । रास्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउनेमध्ये पुरुषको सङ्ख्या एक हजार १७१ ले बढी रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा गत असार २६ गतेदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता कार्य शुरु भएको थियो ।

यस जिल्लामा चालू आवको सात महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ६७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ श्रेष्ठले जानकारी दिए । यसमा एक हजार ५९७ जना पुरुष र एक हजार ८१ जना महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

जिल्लाका विकट गाउँबाट सदरमुकाममा सेवा लिन आउन समस्या हुने भएकाले बेलाबेलामा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविरको आयोजनासमेत गर्ने गरेको छ । जिल्लाको तुर्माखाँद, ढकारी, रामारोशन, मेल्लेख गाउँपालिकाका विकट वडा, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका विकट बस्तीबाट सदरमुकाम पुगेर सेवा लिन नागरिकलाई खर्चिलो र समस्या हुने गरेको छ । रासस

वि.सं.२०७६ फागुन १३ मंगलवार १४:१४ मा प्रकाशित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...