हामीले यो सत्य भन्यौं भने आम मानिसलाई बिश्वास गर्न गाह्रो हुन्छ तर अतिविकसित एकल महाशक्ति राष्ट्र अमेरिकाको यो लज्जा हो ।
यो आ–मरिखामा टिप्समा भर पर्ने रेस्टुरेन्ट कामदारहरुलाई फेडेरल गभर्मेन्टले तोकेको न्युनतम प्रति घण्टा ज्यालादर २ डलर र १३ सेन्ट छ ।हामीले यो सत्य भन्यौं भने आम मानिसलाई बिश्वास गर्न गाह्रो हुन्छ तर अतिविकसित एकल महाशक्ति राष्ट्र अमेरिकाको यो लज्जा हो । सशक्त जनमत र श्रमिक आन्दोलनका कारण सात राज्यले त्यो सब मिनिमम ज्यालादरलाई रध्द गरेर राज्यले तोकेको एकल न्युनतम ज्यालादर दिने कानुन पास गरिसकेको छ । अन्य १७ राज्यहरुको तुलनामा न्युयोर्क राज्यको ज्यालादर उच्च छ तथापी टिप्स सब-मिनिमम वेजलाई खारेज गरेर एकरुपता ल्याईएको छैन । टिप्स तलबमानमा एकरुपता ल्याउने यो आन्दोलनमा रक, न्यूयोक, अधिकार सहित २९ वटा सामाजिक अधिकार समुह क्रियाशील छन ।
अभियानकै क्रममा न्युयोर्क राज्यका गभर्नर क्योमोले कोलिसनलाई एकरुपता ल्याईने कुरामा आस्वस्त बनाएका थिए तर नेशनल रेस्टुरेन्ट एशोसियसन र अन्य इन्ट्रेस्ट समुहहरुको दवाब या प्रलोभनमा परेर हाम्रो मागको यथोचित सम्बोधन भएन त्यसैले आज हामी न्युयोर्क राज्यको राजधानी अल्बानी पुगेर सिनेटर र एसेम्बलीका सदस्यहरुसंग भेटघाट गरेर हाम्रा मागका बारेमा जानकारी गरायौं । सबै तिरबाट यथेष्ट दवाब दिन सकेको अवस्थामा कार वास वर्कर, नेल सलोन वर्कर र एयरपोर्टमा कामगर्ने कामदारहरुले पाएको जस्तै हामी रेस्टुरेन्टमा कामगर्ने कामदारहरुले पनि एकल प्रति घण्टा ज्यालादर पाउने छौं । अझै पनि अमेरिकाको सत्र वटा राज्यमा रेस्टुरेन्टका कामगर्ने कामदारले प्रतिघन्टा दुई डलर तेह्र सेन्ट मात्र पाउँछन बाँकी कामदारहरुको श्रम र मेहेनतनाट प्राप्त भएको टिप्स (कमाई) जोडेर फेडेरलले तोकेको तलबमान ७।२५ पुर्याईन्छ तर हाम्रो माग चाँही ‘वन फेर वेज’ हो । के यो ‘स्मडर्न डेज स्लेभरी’ होइन र ?
वि.सं.२०७६ फागुन १३ मंगलवार १६:२० मा प्रकाशित