back
CTIZAN AD

वन फेर वेज, महाशक्ति राष्ट्र अमेरिकाका लागि लज्जा

वि.सं.२०७६ फागुन १३ मंगलवार

960 

shares

हामीले यो सत्य भन्यौं भने आम मानिसलाई बिश्वास गर्न गाह्रो हुन्छ तर अतिविकसित एकल महाशक्ति राष्ट्र अमेरिकाको यो लज्जा हो । 

यो आ–मरिखामा टिप्समा भर पर्ने रेस्टुरेन्ट कामदारहरुलाई फेडेरल गभर्मेन्टले तोकेको न्युनतम प्रति घण्टा ज्यालादर २ डलर र १३ सेन्ट छ ।हामीले यो सत्य भन्यौं भने आम मानिसलाई बिश्वास गर्न गाह्रो हुन्छ तर अतिविकसित एकल महाशक्ति राष्ट्र अमेरिकाको यो लज्जा हो । सशक्त जनमत र श्रमिक आन्दोलनका कारण सात राज्यले त्यो सब मिनिमम ज्यालादरलाई रध्द गरेर राज्यले तोकेको एकल न्युनतम ज्यालादर दिने कानुन पास गरिसकेको छ । अन्य १७ राज्यहरुको तुलनामा न्युयोर्क राज्यको ज्यालादर उच्च छ तथापी टिप्स सब-मिनिमम वेजलाई खारेज गरेर एकरुपता ल्याईएको छैन । टिप्स तलबमानमा एकरुपता ल्याउने यो आन्दोलनमा रक, न्यूयोक, अधिकार सहित २९ वटा सामाजिक अधिकार समुह क्रियाशील छन ।

अभियानकै क्रममा न्युयोर्क राज्यका गभर्नर क्योमोले कोलिसनलाई एकरुपता ल्याईने कुरामा आस्वस्त बनाएका थिए तर नेशनल रेस्टुरेन्ट एशोसियसन र अन्य इन्ट्रेस्ट समुहहरुको दवाब या प्रलोभनमा परेर हाम्रो मागको यथोचित सम्बोधन भएन त्यसैले आज हामी न्युयोर्क राज्यको राजधानी अल्बानी पुगेर सिनेटर र एसेम्बलीका सदस्यहरुसंग भेटघाट गरेर हाम्रा मागका बारेमा जानकारी गरायौं । सबै तिरबाट यथेष्ट दवाब दिन सकेको अवस्थामा कार वास वर्कर, नेल सलोन वर्कर र एयरपोर्टमा कामगर्ने कामदारहरुले पाएको जस्तै हामी रेस्टुरेन्टमा कामगर्ने कामदारहरुले पनि एकल प्रति घण्टा ज्यालादर पाउने छौं । अझै पनि अमेरिकाको सत्र वटा राज्यमा रेस्टुरेन्टका कामगर्ने कामदारले प्रतिघन्टा दुई डलर तेह्र सेन्ट मात्र पाउँछन बाँकी कामदारहरुको श्रम र मेहेनतनाट प्राप्त भएको टिप्स (कमाई) जोडेर फेडेरलले तोकेको तलबमान ७।२५ पुर्याईन्छ तर हाम्रो माग चाँही ‘वन फेर वेज’ हो । के यो ‘स्मडर्न डेज स्लेभरी’ होइन र ?

वि.सं.२०७६ फागुन १३ मंगलवार १६:२० मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...