back
CTIZAN AD

प्रचलित कानूनमा रही गोकर्ण रिर्सोटको म्याद थपिएको होः उपप्रधानमन्त्री पोखरेल

वि.सं.२०७६ फागुन १३ मंगलवार

831 

shares

१३ फागुन, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्व राजपरिवारको नामबाट नेपाल ट्रष्टको नाममा आएको जग्गा प्रचलित कानूनमा रही लिज अवधि थप गरिएको दाबी गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै ट्रष्टका अध्यक्षसमेत रहेका पोखरेलले भने ‘यहाँ हुने सबै काम पारदर्शी रूपमा भएका छन्, गोकर्ण रिर्सोटको म्याद अवधि पनि यसैगरी थप भएको हो।’

उनले ट्रष्टको नाममा देशभर २१ हजार ५ सय ६२ रोपनी ४ आनाभन्दा धेरै जग्गा रहेको पनि जानकारी दिएको छ। पोखरेलले १२ वटा जिल्लामा ट्रष्टको नाममा सम्पत्ति रहेको बताए। नेपाल ट्रष्टको नाममा रहेको मध्ये काठमाडौका ६ स्थानमा लिजमा दिइएको उनले बताए ।

गोकर्ण फरेष्ट रिर्सोट, दरबारमार्ग, कमलादी, टेकु र कमलादीको घर तथा जग्गा लिजमा दिइएको उनले बताए । यो दरबारले दिएको र हाल थप गर्ने कार्य केहीमा भएको उनले बताए।

ट्रष्टका नाममा ७८ करोड नेपाली रुपैयाँ, अमेरिकी डलर १ लाख ४८ हजार र बेलायती पाउन्ड ५० हजार चल सम्पत्ति रहेको समेत उनले जानकारी दिए । यसका साथै केही होटलमा शेयर पनि रहेको उनले बताए । ट्रष्टका सम्पत्ति अब स्वास्थ्य शिक्षा र पर्यटन क्षेत्रमा लगाउने उनको भनाइ थियो।

वि.सं.२०७६ फागुन १३ मंगलवार १६:२८ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...