back
CTIZAN AD

‘किरात प्रदेश’को माग गर्दै अमेरिकामा रहेका राईहरुले बुझाए ज्ञापनपत्र

वि.सं.२०७६ फागुन १५ बिहीवार

819 

shares

१५ फागुन, अमेरिका । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले हालको १ नं प्रदेशको नाम “किरात प्रदेश’ राखिनु पर्ने माग गरेको छ ।
हालै अर्गनाइजेशनकी केन्द्रीय सभापती श्रीमती मुना राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाली महावाणिज्य दूतावास न्यूयोर्कमार्फत् १ न प्रदेशको सभामुख र प्रदेश सांसदहरुलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

न्युयोर्कस्थित महावाणिज्यदूत पुष्प राज भट्टराईलाई ज्ञापनपत्र प्रस्तुत गर्नु हुदै सभापति श्रीमती मुना राईले शिघ्राती शिघ्र ज्ञापनपत्र सरकारी संयत्रमार्फत् १ नं प्रदेश सभामा पुर्याई दिनु अनुरोध समेत गरेकी थिइन् ।

सोहि अवसरमा ज्ञापनपत्र बुझ्दै महावाणिज्यदूत पुष्पराज भट्टराईले नेपाल सरकारको सम्बन्धित निकायमा पठाउने प्रतिवद्दता व्यक्त गरेका थिए ।

अर्गनाइजेसनका मिडिया कोअर्डिनेटर सुरेश चाम्लिङ्गले वाचन गरेको उक्त ज्ञापनपत्र बोधार्थ तथा कार्यार्थ प्रधानमंत्री केपी ओली र १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई दिइएको छ ।


उक्त प्रतिनिधी मण्डलमा अर्गनाइजेसनका संस्थापक सभापति शिब कुमार राई, पूर्वकेन्द्रीय सभापति मिलन राई, न्युयोर्क लोकल च्याप्टर सभापति केशब राम राई, कोषाध्यक्ष गणेश राई,बि ओ डि सुख राज राई ,लोकल च्याप्टर सदस्यहरु–बिबेक राई, तारा राई र अग्नि साङ्गपाङ्ग रहेका थिए भने न्यु इंग्ल्याण्ड लोकल च्याप्टर महासचिव शेखर राई र भिम राई पनि रहेका थिए ।

युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका, अमेरिकाको कानुन अनुसार दर्ता भएर ११ वटा राज्यमा च्याप्टर भएको संस्था हो । यसले नेपालमा भै परी आएको समयमा मानव सेवा लगायतको कार्यहरु गर्दै आएको जनाइएको छ । हाल नेपालमा संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेशको नामाकरण हुदै गर्दा पूर्वमा रहेको १४ जिल्ला हालको प्रदेश न (१ लाई किरात प्रदेश नामाकरण गरिनु पर्छ भनिएको छ ।

किरात समुदायले इतिहासको काल खण्डमा आफ्नो विशिस्ट भाषा,संस्कार संस्कृति सभ्यता स्थापीत गरी राज्यलाई नै समृद्ध बनाएकोले पनि किरात प्रदेश हुनु भूगोल, इतिहास र सभ्यताको सम्मान हो भनिएको छ । नेपालको इतिहासमा अस्तित्वमा रहेको वल्लो किरात, माझ किरात र पल्लो किरात भूगोलको एकीकृत स्वरुप नै हाल को १–न प्रदेश भएकोले सो प्रदेशको नामकरण “किरात प्रदेश’ होस् भन्ने माग गरिएको छ । यस भन्दा अगाडी पनि नेपालका किरात राई यायोख्खा केन्द्रिय समितीले हस्ताक्षर संकलन गरी मुख्यमंत्रीलाई बुझाउँदा अमेरिका बस्ने किरातहरुबाट अर्गनाइजेसनको पहलमा हस्ताक्षर संकलन गरि पठाईएको पूर्वकेन्द्रीय सभापति बिष्णु राईले बताएका छन् ।

उक्त ज्ञापनपत्र अमेरीकाका लागी नेपाली राजदूत डा अर्जुन कार्की समक्ष वाशिंगटन डि सीमा बुझाउने प्रयास गर्दा उहाँले बेवास्ता गरेको आरोप लगाउँदै अर्गनाइजेशनले खेद व्यक्त गरेको जनाएको छ । अमेरिकामा रहेको पहिचानवादीहरु रुष्ट भएको पनि बताइएको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १२:३५ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...