back

नेकपाको एकता कायम राख्न कार्यकर्ताको दबाब, नयाँ समिकरणमा भारत सक्रिय हुदै !

वि.सं.२०७६ फागुन १६ शुक्रवार

123 

shares
NTC AD
Global IME AD

१६ फागुन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा पछिल्लो पटक देखीएको समिकरण र त्यसले पैदा गरेको अराजकताका बिषयमा नेता कार्यकर्ता र बिश्लेषकहरुले अनेकौ टिप्पणी गरेका छन् ।

कतिपयले ओलीमा अराजकताको हद नाघेको बताएका छन भने कतिपयले भारतले सरकार ढाल्ने खेल शुरु गरेको बताएका छन् । कतिपयले प्रचण्डलाइ सत्ता नभै नहुने पनि भनेका छन भने कतिपयले डा बाबुरामलाइ प्रधानमन्त्री बनाएमा सत्ताको खडको टर्ने समेत बताएन थालेका छन । नेकपाका धेरै कार्यकर्ताले भने एकता नटुटाइकन बिधिमा चलेर जानुपर्नेमै जोड दिएका छन् ।

यसको वरीपरी रहेर नेकपाका बौद्धिक नेता टंक कार्की भन्छन् ‘


किन रुन्छस मंगले ?
आफ्नै ढंगले ।
ढंग कहाँ बिग्रियो ?
तृष्णा पालियो, क्लेश राखियो ।
घात प्रतिघातको खेल खेलियो ।
आखिर कोही रुनु त राम्रो होइन नी
कुनै उपाय ?
छ ।
के त ?
ढंग सुधारे रुनु पर्दैन,
कुरो simple

कार्यशैली सच्याउ नेताहरु

रामप्रसाद सापकोटा दिपशिखा


यसैगरी युवासंघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले नेताहरुको अहिलेको कार्यशैली रोकिएन भने राजनीतिप्रतिको अविश्वास र अनास्थाले अस्थिरता निम्त्याउँछ र नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति विघटन हुन्छ भनेका छन् । उनी भन्छन्
‘सरकारका मन्त्रीहरु, पार्टी र नेताहरुलाई आफ्ना कार्यतकर्ता र जनता होइन जो उनका लागि मर्न र मार्न तयार थिए , छन केही जागिरदार, व्यापारी र पैसावालहरु प्रिय लाग्न थालेपछि राजनीतिप्रति मानिसहरुको अनास्था जाग्न थाल्छ । हिजो जसको काँधमा चढेर ‘उ माथि चुचुरोमा’ पुगेको हो उही अप्रिय लाग्ने नेताहरुको कार्यशैली रोकिएन भने राजनीतिप्रतिको अविश्वास र अनास्थाले अस्थिरता निम्त्याउँछ । नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति विघटन हुन्छ । नेताहरुले कार्यशैली सच्याउ ।

नेताहरुको टाउकोमै राको बाल्न नपरोस्
नेत्र आले, नेकपा कार्यकर्ता


बमबार्ड द हेडक्वाटर भन्नेबेला आएको हो र ? म यो नेपाल कम्युनिस्ट पार्टीमा यसको नीति कार्यक्रम,कार्यदिसालाई आत्मसाथ दिदै हिडेको आज करिब २२ बर्ष भएछ । मैले बुझेको नीतिले जहिले पनि समाज,जनता र राष्ट्रप्रति बफादार सुसाशन बिभेदरहित समाजको ब्यबस्था गर्छ भन्ने हो । यो सबै कुरा नेपालमा नेपाल कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्छ भन्ने कुरामा म अझै बिस्वस्त नै थिए र केही बाकि नै छ । तर पछिल्लो घट्ना क्रमले के देखाउदै छ भनेहाम्रा राम्रा भन्ने नेताहरुको वरिपरिनै बसाउन छोड्यो । गन्हाउन थाले । वहाहरुले लिने स्टेपहरुमा कहि न काहीँ निजित्व तथा बुर्जुवा संस्कारको गन्ध आयको जस्तो । भए गरेका मौजुदा राम्रा कामहरु पनि प्रचारमा किन ल्याउदैनन ?

नेताका वरिपरि रहेका हामी हौ भन्नेहरुले रणनीतिक कार्यदिसा पक्रन मिस गरिरहँदा के सुझाब दिइरहेका छन् । कि आफ्नो भाग खोसिन्छ भन्ने डरले बोल्दैनन । त्यसो हो भने वहाहरुको औचित्य के ? सरकारमा गएकाहरुको मुल्यांङ्कनको विधि के ? ठुलाबडाका आडमा तपाईहरुका हनुमानले गरेका कामले सोझा इमान्दार जनता तथा कार्यकर्ता माथि परेको पीडाको स्वस्थ समीक्षा कहिले देख्छ र गर्छ । देशको सबै सरकारी वा गैर सरकारी कार्यलयमा भए गरेका चरम भ्रष्टचारको अन्त्य गर्न आट गर्दैन भने तपाइहरु कम्यनिुष्ट हो भनेर अब किन भन्ने ? संविधान संसोधनले समग्र राजनीति सुसाशनमा के दिशा निर्देश गर्छ भन्ने होला,तर एउटा ब्यक्तिको लागि संबिधान संशोधन हुदैछ भन्ने म्यासेज गई सक्यो । हाम्रा नेता बोल्दैन । त्यस कारण आदरणिय नेताहरु तपाइहरुको टाउकोमा फेरि राको बाल्ने बेला आयछ कि भन्ने लाग्न थाल्यो । जनताले फेरि भोटमाग्न आउलानि भनेको छ । हामी संग उत्तर छैन ।

संस्थागत निर्णय कार्यान्वयन गराउ
हस्त शाही , युवा नेता नेकपा


कम्युनिस्ट पार्टीको मुख्य मार्गदर्शन सबैको भलाईमा ध्यान देउ, तमाम नेता कार्यकर्ताहरु कम्युनिस्ट आन्दोलनमा ठूलो बलिदान गरेका छन् र लाभको पदमा जीवनभरी अनुभव गर्न नपाएर पनि सडकमा पार्टी र आन्दोलनको चिन्ता गरीरहेका छन् । तिनीहरुको खोजीनिती कहीँ कतैबाट हुदैन । पटकपटक लाभ लिएर जनताको विचमा चिर परिचित भैसकेका नेता कार्यकर्ताले व्यक्तिगत लाभका निम्ति नोकरशाही कार्यशैली मनोगतवाद र भड्किलोपन जस्ता अस्वस्थ आचरण र बहसले हामीलाई कहाँ पुयााउँछ । यो त भविष्यमा हामी सबै भागेदार हुने नै छौ । पार्टी संस्थागत निर्णयको अवमूल््यन हुनु हुदैन ।

भारतीयहरु नयाँ समिकरणमा लाग्दै
बासु मिश्र, बाम बिश्लेषक

प्रधानमन्त्री ओली र नेका महामन्त्री शसांक कोइराला बीच कुराकानी भएको माउन्टेन टेलिभिजनको समाचारमा सुनेको थिएँ र प्रधानमन्त्रीले ४० प्रतिशत पुर्याई पार्टी विभाजन गर्ने सम्भाबना भन्ने शिर्षकमा आजै कता हो पढे जस्तो पनि लाग्छ र डबल नेकपाको प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा ५० गरि २२४ जना सांसदहरु छन् र त्यसको ४० प्रतिशत भनेको ९० जना हुन आउँछ र यदि प्रम ओलीले आफ्नो पक्षमा ९० जना जुटाउन सकेमा बाँकी १३४ जनाको अर्र्काे पार्टी हुने भयो । तर १३४ जना सांसद लिएर सरकार बनाउन सम्भब देखिदैन र किनभने दुवै सदनको सांसद सदश्य संख्या जोड्दा ३३४ हुन आउँछ र त्यसको आधा अर्थात १६७ ंनभई सरकार स्थायी तवरले चल्न सक्तैन र यसको लागि दुवै मधेशबादी दलहरुलाइ साथमा नलिइ मूल समुहले पनि स्थिर सरकार चलाउन नसक्ने देखिन्छ र बरु ओलीले चोइटउने ९०, कांग्रेसका ६९ र एउटा मात्रै मधेशबादी दल मिलेमा त्यो सरकारको पूर्ण बहुमत पुग्ने देखिन्छ । भारतीयहरु सम्भबत यस्तो समीकरण बनाइ दिने खिप्तिमा लागेको पनि हुनसक्छ ।

दुइ अध्यक्षले नै निकास दिनुहुन्छ
 गोपी न्यौपाने, नेकपा निकट बुद्धिजीवी


पार्टी सिष्टममा सत्ताधारी पार्टी वा सरकारले कुनै महत्वपूर्ण निर्णय लिने क्रममा आउने फरक मतले पार्टी र सरकार दुबैलाई ठिक ठाउँमा ल्याउन मद्वत गर्छ । यसबाट पार्टी फुट्ला वा के के न होला भनेर डराउनु पर्दैन, दुई अध्यक्षले निकास दिनुहुन्छ, हामी बिश्वस्त छौं । बरु पार्टीलाई निर्णय लिन सहज बनाउने क्रममा कुनै पात्र आफैले निकासको लागि सहजीकरण गरिदिएर कुनै गुटको भन्दा पनि पार्टीको बनिरहंदा पो उपयुुक्त ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १३:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...