back
CTIZAN AD

नेकपाको एकता कायम राख्न कार्यकर्ताको दबाब, नयाँ समिकरणमा भारत सक्रिय हुदै !

वि.सं.२०७६ फागुन १६ शुक्रवार

738 

shares

१६ फागुन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा पछिल्लो पटक देखीएको समिकरण र त्यसले पैदा गरेको अराजकताका बिषयमा नेता कार्यकर्ता र बिश्लेषकहरुले अनेकौ टिप्पणी गरेका छन् ।

कतिपयले ओलीमा अराजकताको हद नाघेको बताएका छन भने कतिपयले भारतले सरकार ढाल्ने खेल शुरु गरेको बताएका छन् । कतिपयले प्रचण्डलाइ सत्ता नभै नहुने पनि भनेका छन भने कतिपयले डा बाबुरामलाइ प्रधानमन्त्री बनाएमा सत्ताको खडको टर्ने समेत बताएन थालेका छन । नेकपाका धेरै कार्यकर्ताले भने एकता नटुटाइकन बिधिमा चलेर जानुपर्नेमै जोड दिएका छन् ।

यसको वरीपरी रहेर नेकपाका बौद्धिक नेता टंक कार्की भन्छन् ‘


किन रुन्छस मंगले ?
आफ्नै ढंगले ।
ढंग कहाँ बिग्रियो ?
तृष्णा पालियो, क्लेश राखियो ।
घात प्रतिघातको खेल खेलियो ।
आखिर कोही रुनु त राम्रो होइन नी
कुनै उपाय ?
छ ।
के त ?
ढंग सुधारे रुनु पर्दैन,
कुरो simple

कार्यशैली सच्याउ नेताहरु

रामप्रसाद सापकोटा दिपशिखा


यसैगरी युवासंघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले नेताहरुको अहिलेको कार्यशैली रोकिएन भने राजनीतिप्रतिको अविश्वास र अनास्थाले अस्थिरता निम्त्याउँछ र नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति विघटन हुन्छ भनेका छन् । उनी भन्छन्
‘सरकारका मन्त्रीहरु, पार्टी र नेताहरुलाई आफ्ना कार्यतकर्ता र जनता होइन जो उनका लागि मर्न र मार्न तयार थिए , छन केही जागिरदार, व्यापारी र पैसावालहरु प्रिय लाग्न थालेपछि राजनीतिप्रति मानिसहरुको अनास्था जाग्न थाल्छ । हिजो जसको काँधमा चढेर ‘उ माथि चुचुरोमा’ पुगेको हो उही अप्रिय लाग्ने नेताहरुको कार्यशैली रोकिएन भने राजनीतिप्रतिको अविश्वास र अनास्थाले अस्थिरता निम्त्याउँछ । नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति विघटन हुन्छ । नेताहरुले कार्यशैली सच्याउ ।

नेताहरुको टाउकोमै राको बाल्न नपरोस्
नेत्र आले, नेकपा कार्यकर्ता


बमबार्ड द हेडक्वाटर भन्नेबेला आएको हो र ? म यो नेपाल कम्युनिस्ट पार्टीमा यसको नीति कार्यक्रम,कार्यदिसालाई आत्मसाथ दिदै हिडेको आज करिब २२ बर्ष भएछ । मैले बुझेको नीतिले जहिले पनि समाज,जनता र राष्ट्रप्रति बफादार सुसाशन बिभेदरहित समाजको ब्यबस्था गर्छ भन्ने हो । यो सबै कुरा नेपालमा नेपाल कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्छ भन्ने कुरामा म अझै बिस्वस्त नै थिए र केही बाकि नै छ । तर पछिल्लो घट्ना क्रमले के देखाउदै छ भनेहाम्रा राम्रा भन्ने नेताहरुको वरिपरिनै बसाउन छोड्यो । गन्हाउन थाले । वहाहरुले लिने स्टेपहरुमा कहि न काहीँ निजित्व तथा बुर्जुवा संस्कारको गन्ध आयको जस्तो । भए गरेका मौजुदा राम्रा कामहरु पनि प्रचारमा किन ल्याउदैनन ?

नेताका वरिपरि रहेका हामी हौ भन्नेहरुले रणनीतिक कार्यदिसा पक्रन मिस गरिरहँदा के सुझाब दिइरहेका छन् । कि आफ्नो भाग खोसिन्छ भन्ने डरले बोल्दैनन । त्यसो हो भने वहाहरुको औचित्य के ? सरकारमा गएकाहरुको मुल्यांङ्कनको विधि के ? ठुलाबडाका आडमा तपाईहरुका हनुमानले गरेका कामले सोझा इमान्दार जनता तथा कार्यकर्ता माथि परेको पीडाको स्वस्थ समीक्षा कहिले देख्छ र गर्छ । देशको सबै सरकारी वा गैर सरकारी कार्यलयमा भए गरेका चरम भ्रष्टचारको अन्त्य गर्न आट गर्दैन भने तपाइहरु कम्यनिुष्ट हो भनेर अब किन भन्ने ? संविधान संसोधनले समग्र राजनीति सुसाशनमा के दिशा निर्देश गर्छ भन्ने होला,तर एउटा ब्यक्तिको लागि संबिधान संशोधन हुदैछ भन्ने म्यासेज गई सक्यो । हाम्रा नेता बोल्दैन । त्यस कारण आदरणिय नेताहरु तपाइहरुको टाउकोमा फेरि राको बाल्ने बेला आयछ कि भन्ने लाग्न थाल्यो । जनताले फेरि भोटमाग्न आउलानि भनेको छ । हामी संग उत्तर छैन ।

संस्थागत निर्णय कार्यान्वयन गराउ
हस्त शाही , युवा नेता नेकपा


कम्युनिस्ट पार्टीको मुख्य मार्गदर्शन सबैको भलाईमा ध्यान देउ, तमाम नेता कार्यकर्ताहरु कम्युनिस्ट आन्दोलनमा ठूलो बलिदान गरेका छन् र लाभको पदमा जीवनभरी अनुभव गर्न नपाएर पनि सडकमा पार्टी र आन्दोलनको चिन्ता गरीरहेका छन् । तिनीहरुको खोजीनिती कहीँ कतैबाट हुदैन । पटकपटक लाभ लिएर जनताको विचमा चिर परिचित भैसकेका नेता कार्यकर्ताले व्यक्तिगत लाभका निम्ति नोकरशाही कार्यशैली मनोगतवाद र भड्किलोपन जस्ता अस्वस्थ आचरण र बहसले हामीलाई कहाँ पुयााउँछ । यो त भविष्यमा हामी सबै भागेदार हुने नै छौ । पार्टी संस्थागत निर्णयको अवमूल््यन हुनु हुदैन ।

भारतीयहरु नयाँ समिकरणमा लाग्दै
बासु मिश्र, बाम बिश्लेषक

प्रधानमन्त्री ओली र नेका महामन्त्री शसांक कोइराला बीच कुराकानी भएको माउन्टेन टेलिभिजनको समाचारमा सुनेको थिएँ र प्रधानमन्त्रीले ४० प्रतिशत पुर्याई पार्टी विभाजन गर्ने सम्भाबना भन्ने शिर्षकमा आजै कता हो पढे जस्तो पनि लाग्छ र डबल नेकपाको प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा ५० गरि २२४ जना सांसदहरु छन् र त्यसको ४० प्रतिशत भनेको ९० जना हुन आउँछ र यदि प्रम ओलीले आफ्नो पक्षमा ९० जना जुटाउन सकेमा बाँकी १३४ जनाको अर्र्काे पार्टी हुने भयो । तर १३४ जना सांसद लिएर सरकार बनाउन सम्भब देखिदैन र किनभने दुवै सदनको सांसद सदश्य संख्या जोड्दा ३३४ हुन आउँछ र त्यसको आधा अर्थात १६७ ंनभई सरकार स्थायी तवरले चल्न सक्तैन र यसको लागि दुवै मधेशबादी दलहरुलाइ साथमा नलिइ मूल समुहले पनि स्थिर सरकार चलाउन नसक्ने देखिन्छ र बरु ओलीले चोइटउने ९०, कांग्रेसका ६९ र एउटा मात्रै मधेशबादी दल मिलेमा त्यो सरकारको पूर्ण बहुमत पुग्ने देखिन्छ । भारतीयहरु सम्भबत यस्तो समीकरण बनाइ दिने खिप्तिमा लागेको पनि हुनसक्छ ।

दुइ अध्यक्षले नै निकास दिनुहुन्छ
 गोपी न्यौपाने, नेकपा निकट बुद्धिजीवी


पार्टी सिष्टममा सत्ताधारी पार्टी वा सरकारले कुनै महत्वपूर्ण निर्णय लिने क्रममा आउने फरक मतले पार्टी र सरकार दुबैलाई ठिक ठाउँमा ल्याउन मद्वत गर्छ । यसबाट पार्टी फुट्ला वा के के न होला भनेर डराउनु पर्दैन, दुई अध्यक्षले निकास दिनुहुन्छ, हामी बिश्वस्त छौं । बरु पार्टीलाई निर्णय लिन सहज बनाउने क्रममा कुनै पात्र आफैले निकासको लागि सहजीकरण गरिदिएर कुनै गुटको भन्दा पनि पार्टीको बनिरहंदा पो उपयुुक्त ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १३:५८ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...