back
CTIZAN AD

बिद्यालय जान पाउँदैनन् अपगान बालबालिका

वि.सं.२०७३ मंसिर ३० बिहीवार

1.2K 

shares

३० मंसिर, काबुल (अफगानिस्तान) । पाकिस्तानबाट फर्किएका अफगान परिवारका बालबालिका विद्यालय जानबाट वञ्चित भएका र ती बालबालिकाको बालविवाह र बालश्रमिक हुने पनि खतरा बढेको एक सर्वेक्षणले जानकारी दिएको छ ।

‘सेभ द चिल्ड्रेन’ पाकिस्तानबाट फर्किएका अफगानिस्तानको नान्र्गाहार प्रान्तमा रहेका परिवारमाथि गरेको एक सर्वेक्षणबाट सो नतिजा प्राप्त भएको छ ।

पाकिस्तानको इस्लामाबादमा अवैध तरिकाबाट बसोबास गर्दै आएका अफगानी नागरिकहरू तीन हजार पाँच सयभन्दा बढी सङ्ख्यामा दैनिक रूपमा फर्किन थालेपछि अवस्था थप चेतावनीयुक्त भएको जनाइएको छ ।

यस वर्षमा मात्र ६ लाख ५० हजारभन्दा बढी अफगान नागरिक पाकिस्तानबाट फर्किसकेका छन् । यीमध्ये प्रायले गर्मी नलागेसम्म नान्र्गाहार प्रान्तमा नै बसोबास गर्ने योजना बनाइरहेका छन् ।

आगामी महिनामा पनि लाखौँ अफगानीहरू पाकिस्तानबाट फर्किने अनुमान गरिएको छ । सेभ द चिल्डे«नद्वारा गत अक्टोबर २८ देखि नोभेम्बर ८ सम्म नान्र्गाहार प्रान्तको पाँच वटा जिल्लामा गरिएको ३७९ वटा अन्तर्वार्ताको आधारमा सो सर्वेक्षण गरिएको थियो ।

पाकिस्तानबाट फर्किएका ती अफगान नागरिकहरूसँग आर्थिक रूपमा विपन्न भएका र आफ्ना परिचयका लागि कागजपत्र नभएका बताइएको छ ।

आमाबाबुको गरिबीको कारण आफ्ना बालबालिकाको सानै उमेरमा विवाह गरिदिने र स–साना बालबालिकालाई काम गराउने अर्थात बालश्रम बढाउने सो सर्वेक्षणले नै पत्ता लगाएको छ ।

बालबालिकाको भविष्य र बालबालिकाको यही अवस्था रहला भन्ने खतरा र चेतावनीप्रति साँच्चैकै चिन्तित भएको सेभ द चिल्डे«न इन काबुलका सल्लाहकार बाहिरूल्ललाह वयारले बताएका छन् । एपी

वि.सं.२०७३ मंसिर ३० बिहीवार ०४:१२ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...