२३ फागुन, सिन्धुली । सिन्धुली अस्पताल, विभिन्न प्रतिष्ठान गरी जिल्लामा २६ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।
ती एम्बुलेन्स दुर्घटनामा परेका बिरामी लिन वा आपतकालीन अवस्थामा सेवा दिन सक्ने अवस्थामा फेला पार्न भने कठिन हुने गरेको पाइएको छ ।
पछिल्लो समय जिल्लाका स्थानीय तहमा एम्बुलेन्स खरिदको होडबाजी नै चलेको छ तर बिरामीले भने ट्याक्टरमा यात्रा गर्नुपरिरहेको छ । पछिल्लो समय जिल्लामा एम्बुलेन्स थपिनेक्रम बढिरहेको छ । जिल्लामा रहेका सबै स्थानीय तहले एम्बुलेन्स खरिद गरेका छन् र सोही तहमार्फत सञ्चालनमा आएका छन् ।जिल्लाभर स्थानीय तहमार्फत एम्बुलेन्स सुविधा पाउन नसकेको गुनासो सरोकारवालाकै रहेको छ । शुक्रबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ फागुन २३ शुक्रवार ०८:०३ मा प्रकाशित






























