back
CTIZAN AD

कोभिड–१९ – सङ्क्रमण ११० मुलुकमा, एक लाख ११ हजार ६४४ व्यक्ति सङ्क्रमित

वि.सं.२०७६ फागुन २७ मंगलवार

819 

shares

पेरिस, २६ फागुन    । विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोभिड–१९ को सङ्क्रमण संसारका ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले सोमबार जनाएको छ ।

यो रोगका कारण सोमबारसम्म तीन हजार ८८४ जनाको मृत्यु भइसकेको छ भने एक लाख ११ हजार ६४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६२ हजार ६८३ जना निको भएर घर फर्किएका छन् ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ४५ हजार ७७ रहेको छ तीमध्ये पनि ३९ हजार ९७ अर्थात् ८७ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ भने पाँच हजार ९८० जना गम्भीर अवस्थामा रहेका छन् ।

विश्वका विभिन्न तथ्याङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको सङ्ख्या ९४ प्रतिशत रहेको छ ।

भारतमा सङ्क्रमित सङ्ख्या ४३ पुग्यो, इरानमा थप ४३ जनाको मृत्यु

घातक कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या भारतमा ४३ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार देशभरी सोमबारसम्म ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ ।

उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी इरानमा सोमबार थप ४३ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । योसँगै इरानमा कोरोना भाइरसका करण मृत्यु हुनेको सङ्ख्या २३७ पुगेको अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानौश जहानपरले देशभरी थप ५९५ जना सङ्क्रमित भेटिएको पनि जानकारी दिनुभयो । योसँगै कूल सङ्क्रमतिको सङ्ख्या सात हजार १६१ पुगेको उहाँले बताउनुभयो ।

उता जर्मनीमा भने सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार ११२ जना सङ्क्रमित भएको जनाएको छ । यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३१९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

आसन्न स्थानीय निकाय र महिला विकास समितिको निर्वाचनका लागि भइरहेको कार्यक्रमहरु स्थगित गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार माल्दिभ्समा अहिलेसम्म दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

जापानमा भने मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म १६ पुगेको छ । सङ्क्रमितको सङ्ख्या ५०५ पुगेको छ । स्थानीय समयअनुसार सोमबार बेलुका ८ः३० बजेसम्ममा थप १० जना बिरामी भेटिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन् ।

त्यसैगरी बेल्जियममा सङ्क्रमितको सङ्ख्या २३९ पुगेको छ भने हङ्कङमा ११५, प्लेस्टाइनमा २५, मलेसियामा ११७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ ।

ब्रुनाइमा सोमबार पहिलोे सङ्क्रमित व्यक्ति भेटिएका छन् ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ०८:४७ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...