back
CTIZAN AD

रुसी र टर्किस राष्ट्रपतिबीच मस्कोमा वार्ता हुने

वि.सं.२०७६ फागुन २८ बुधवार

747 

shares

२८ फागुन ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको बताइएको छ ।

रुसी राष्ट्रपति र टर्किस राष्ट्रपतिबीच यही बिहीबार मस्कोमा वार्ता हुने समाचारमा जनाइएको छ । उनीहरुहरुबीच सिरियाको विषयमा वार्ता हुने समाचारमा उल्लेख गरिएको छ ।

सिरियाको इद्लिव प्रान्तमा बढ्दो द्वन्द्वका विषयमा सो वार्ता हुने जनाइएको छ । उक्त प्रान्तमा जारी रहेको हिंसाका कारण त्यहाँको अवस्था प्रतिदिन नाजुक हुदै गएको बताइएको छ ।

सोही कारणले यो प्रत्यक्ष वार्ताको आवश्यकता परेको हो– रुसी राष्ट्रपति पुटिनले जानकारी दिएका छन् । सिरियामा पछिल्लो समयमा आप्रवासीहरुबीच ठूलो द्वन्द्व सिर्जना भएको र जसका कारण यहाँको अवस्था बिग्रिँदै गएपछि दुई राष्ट्रप्रमुखबीच भेटवार्ता हुन लागेको हो ।

मस्कोका लागि प्रस्थान गर्नुअघि टर्किस राष्ट्रपति एर्डोगानले सिरियाको इद्लिब र लगभग अरु क्षेत्रको पनि अवस्था बिग्रिँदै गएको र आगामी बिहीबार यसै विषयमा हामी वार्तामा बस्न लागेकोले विश्वको ध्यान नै हामीमाथि रहेको बताए ।
उक्त वार्तामा विशेषगरी इद्लिबको युद्धविरामका विषयका साथै सिरियामा शान्ति स्थापनाका विषयमा पनि आवश्यक मात्रामा कुराकानी हुने रुसले जनाएको छ ।

गएका केही हप्तायता सिरियामा टर्कीका दर्जनौँ सेना मारिएका छन् । मारिएका ती सैनिकको विषयमा रुसी राष्ट्रपति पुटिनले टर्कीलाई समवेदना सन्देश पठाएका थिए ।

यसरी सिरियामा टर्कीका सेना मारिएपछि टर्कीले पनि पहिलो पटक सिरियाली राष्ट्रपति बसर अल असदका विरुद्धमा आक्रामक कारबाही नै अघि सारेको छ ।

यस अवधिमा सिरियाली सैनिकले पनि ठूलो मात्रामा क्षति ब्यहोर्नुपरेको टर्कीले जानकारी दिएको छ । सिरियाको इद्लिबमा समय समयमा युद्धविराम भएको भनिएको भए पनि हिंसा भने कम भएको छैन ।

लामो समयदेखि जारी रहेको सिरियाको हिंसाको अन्त्यका विभिन्न प्रयासहरु सफल हुन सकेका छैनन् । ती प्रयासहरु कहिले संयुक्त राष्ट्रसंघ त कहिले अमेरिकाले पनि अघि सारेको थियो ।

सिरियामा सन् २०११ बाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्धमा अल कायदा इस्लामिक स्ट्टेस ( आइएस) जस्ता आतङ्ककारी समूह हाबी हदै गए । यस आन्दोलनमा सो समयदेखि हालसम्म ३ हजार ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौं घाइते भएका छन् भने लाखौै देशभित्र र बाहिर शरणार्थी जिवन यापन गर्न बाध्य भएका छन् ।

वि.सं.२०७६ फागुन २८ बुधवार १४:०३ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...