back
CTIZAN AD

जव पूर्वयुवराज पारश शाह झाडु समाएर सडक सफा गर्न थाले…

वि.सं.२०७६ फागुन २८ बुधवार

861 

shares

सिम सिम पानी परेर भर्खर बसेको थियो । सडक चिसो देखिन्थ्यो । अगाडि लस्करै क्लिन काठमाण्डौं लगायतका ब्यानर बोकेर केही युवाहरुको लस्कर अनि केही झाडु बोकेर उभिएका थिए भने केही क्यामेरा बोकेर उभिएका थिए ।

त्यतिकैमा कालो रंगको बा ४ च ४५९ नम्बरको कारबाट पूर्व युवराज पारस शाह उत्रन्छन् । त्यतिकैमा कसैले उनलाई छाता ओढाएको पनि देखिन्छ । कालो र खैरो कलरको सल ओढेका पारस शाह सल मिलाउँदै अगाडि बढ्छन् ।

केही शुभचिन्तकले उनलाई फूलमाला लगाइदिन्छन् । लगाएको माला उत्तिखेरै निकालेर पारस शाह पुन ः अगाडि बढ्छन् ।
त्यतिकैमा शाहका शुभचिन्तकले पूर्वयुवराजलाई सडकमा ल्याउनु लाजको कुरा भन्दै यो समय अव मातृभूमिलाई बचाउनु छ भन्दै भाषण गर्छन् । त्यतिबेला पारस मुसुमुसु मुस्कुराउँदै थिए । त्यसको केही समयमै उनी झाडु समाएर ‘लेट्स स्टार्ट’ भनेर केही छिन झाडु लगाउँछन् र झाडु अरुको हातमा थमाइदिन्छन् ।

काठमाण्डौं मातृभूमि तथा काठमाण्डौंमा रहेका पाँचवटा लियो क्लवले आयोजना गरेको उक्त कार्यक्रममा क्लबका अध्यक्ष राजन भुसालल सबै युवालाई फिल्डमै उत्रेर काम गर्न अनुरोध गरेका थिए । उनले पूर्वराज युवराज पारस साहले ‘म पनि छु हैं’ भनेर युवाहरुलाई उत्साहित बनाएको बताएका थिए ।

दसई वर्षदेखि  सरसफाई अभियानमा लागेका सर्लाहीका युवा केपी खनालको निमन्त्रणामा पारस त्यहाँ पुगेका थिए । उनीहरुले पशुपति मन्दिरमा शिवरात्रीका बेला थुपारिएको फोहोर सफा गरेको बताएका थिए ।

थाइल्याण्डबाट फर्किएपछि सर्वसाधारणको जीवनशैली अपनाएका भनिएका पारस शाह पछिल्लो समय युट्युवर सोनिका सोनिका रोकायासँग निकटता बढाएका छन् । केही समयअघि उनले सोनिकाको जन्मदिनमा हिराको हार उपहार दिएर चर्चामा आएका थिए ।

वि.सं.२०७६ फागुन २८ बुधवार १४:१८ मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...