२८ फागुन । कोरोनाको सुरुवात भएको देश चीनमा अहिले यसको प्रभाव कम हुँदै गएको छ भने विस्तारै नियन्त्रणमा जस्तै आइसकेको छ । यो हुनुको कारण चीनया जनताले सरकारलाई साथ दिनु हो ।
चीनया जनता सरकारको विरुद्धमा प्राय जान सक्दैनन् । सरकारको निर्णय विरुद्ध जानेलाई त्यहाँ कडा कार्वाही हुन्छ ।
केहि दिनअघि एक कलेजले ब्याचलर पढीरहेका विदेशी विद्यार्थीलाई आफ्नो सूचना नमानेको भन्दै ४ विद्यार्थीको छात्रवृत्ति नै क्यान्सिल गर्यो । उनीहरुले मास्टर्स पढ्न नपाउने भएका छन् । ती विद्यार्थीको कसुर थियो, बिदामा गएका उनीहरु चीन फर्किएका थिए । तर कलेजले आफूहरुले खबर नगरे सम्म नफर्कन भन्दै आग्रह गर्दै आएको थियो । सूचनाको अवज्ञा गरेको भन्दै ती विद्यार्थीहरुमाथि कडा कार्वाही गरेको हो । सरकारले कठोर कार्वाही गर्ने भएका कारण पनि त्यहाँका नागरिक सरकार विरुद्ध जान सक्दैनन् । यहि कारण पनि चीनमा कोरोना महामारीको रुपमा फैलन नपाएको बुझन सकिन्छ ।
त्यस्तै दक्षिण कोरिया र जापानमा पनि कोरोना नियन्त्रणमा सफल नै देखिएका छन् छन् । त्यहाँ पनि सरकारको निर्णयलाई जनताले साथ दिने गरेका छन् ।
तर युरोप अमेरिका लगायतका देशमा यसको प्रकोप बढीरहेको छ । कोरोना नियन्त्रणमा चीन जति अरु देश सफल हुन नसक्ने टिप्पणी सुनिएका छन् ।
सरकारको आग्रहलाई नटेरी नियन्त्रण गर्न खोजकोे भन्दै विरोधमा उत्रिँदा इटाली सरकारलाई अहिले कोरोनो भाइरस नियन्त्रण निकै गाह्रो बनिरहेको छ । इटालीको त्रास अहिले युरोपका अन्य देशहरुमा फैलिरहेको बेल्जियमबाट एक नेपालीले सुनाए ।
युकेमा स्वास्थय मन्त्री नै कोरोनाको संक्रमित भएको खबर आएपछि युरोपमा रहेका नेपालीहरुमा थप त्रास उत्पन्न भएको बुझिएको छ । युरोपको यो मौसम रुघाखोकी लाग्ने समय बढी हुँदा पनि मान्छेमा बढी त्रास बढेको उनको भनाइ छ ।
उनका अनुसार ‘चीन सरकारले जस्तो नियन्त्रण गर्न अरु देशले सक्दैनन, सरकारलाई टेर्दैनन्, झन डर छ, युरोपमा ।’ युरोप अमेरिकामा समेत अहिले स्यानीटाइजर, माक्सका साथै खाद्यन्नहरु बजारमा पाइन छाडेका छन् । व्यापार व्यवसाय सुनसान बनेका छन् ।
वि.सं.२०७६ फागुन २८ बुधवार १४:२१ मा प्रकाशित






























