
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । धेरैवटा चलचित्रबाट अफर आएपनि आफूले काम नगरेको उनको भनाई छ ।
हालै उनलाई नायक निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आयो भैरव’ मा अफर गरेका छन् । उनले हमालसँग यस विषयमा कुरा गरिसकेका छन । तर, हमालले यस चलचित्रमा खेल्ने नखेल्ने निर्णय भने दिएका छैनन् ।
निखिलको आगामी चलचित्र ‘आयो भैरव’मा राजेशको सशक्त भुमिका रहेको बुझिएको छ । तर पनि हमालले फिल्म खेल्ने निर्णय लिन हत्तार गरेका छैनन् । हमालले पछिल्लो समय खेलेको चलचित्र ‘बागमती’ र ‘सकुन्तला’ हो । दुबै चलचित्र फ्लप भएपछि राम्रो स्क्रिप्टको पर्खाइमा रहेको बताइएको छ ।
वि.सं.२०७६ फागुन २८ बुधवार १४:३२ मा प्रकाशित