back

गण्डकी प्रदेश सरकारद्वारा तीन पदाधिकारीको शपथ

वि.सं.२०७६ फागुन २८ बुधवार

417 

shares
GLOBAL IME AD
NTC AD

२८ फागुन, गण्डकी । गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रमा नियुक्त भएका तीन पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को यही फागुन २२ गते बसेको बैठकबाट नियुक्त भएका ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक ऋषिराम पाण्डे र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पाण्डे र प्रेस संयोजक न्यौपानेलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गराए ।
त्यस्तै ताल विकास प्राधिकरणका कार्यकारी निर्देशक गुरुङलाई प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शपथग्रहण गराए । कार्यक्रममा मुख्यमन्त्री गुरुङले नियुक्त पदाधिकारीले प्रदेशको समृद्धि र विकासको लक्ष्य प्राप्तिका लागि इमान्दाररूपमा लाग्नुपर्ने बताए।

जागिरे सोचभन्दा पनि सेवाभावबाट क्रियाशील बन्नुपर्ने बताउँदै उनले नतिजा दिने किसिमबाट काम गर्न आग्रह गरे । उनले ताल विकास प्राधिकरणसँगै पोखरा र आसपासका तालतलैयाको संंरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रदेशभित्रका ताललाई प्राधिकरणमातहत ल्याउँदै प्रत्येकको शाखा कमिटी निर्माण गरी अघि बढाइने उनले जानकारी दिए ।

प्रदेशमा कर्मचारीको दक्षता अभिवृद्धि गर्दै सुशासन र विकासको लक्ष्य प्राप्तिका लागि प्रदेश प्रशिक्षण प्रतिष्ठान उपयोगी बन्ने उनले विश्वास व्यक्त गरे । प्रदेशमा भए\गरेका कामलाई प्रचारप्रसार गरी जनतामाझ पु¥याउन प्रेस संयोजकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लम्सालले प्रदेश सरकारले कामलाई व्यवस्थित गर्ने लक्ष्यलाई पूरा गर्न पदाधिकारी नियुक्तिसँगै थप सहज हुने विश्वास व्यक्त गरे । ताल, पोखरी, कुवाकुण्डको संरक्षण सरकारको प्राथमिकताका साथ अघि बढाएको बताउँदै उनले वातावरण संरक्षणसँगै समृद्धि र विकासको लक्ष्य पूरा गर्न प्राधिकरण उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले पदाधिकारी नियुक्तिसँगै सम्बद्ध निकायमा कामले थप गति लिने बताए । नवनियुक्त गुरुङ, पाण्डे र न्यौपानेले प्राप्त जिम्मेवारीलाई आत्मसात गर्दै योग्यता, क्षमता र दक्षताले भ्याएसम्म प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे ।रासस

वि.सं.२०७६ फागुन २८ बुधवार १४:५३ मा प्रकाशित

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन...

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

  सुन्दरकुमार थकाली/मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल...

प्रेस सेन्टर नेपाल नवलपुरले बुझायो संचारमन्त्रीलाई ज्ञापनपत्र

प्रेस सेन्टर नेपाल नवलपुरले बुझायो संचारमन्त्रीलाई ज्ञापनपत्र

नवलपुर । प्रेस सेन्टर नेपाल नवलपुर शाखाले पत्रकारहरूको हकहित, पेशागत...

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति...