back
CTIZAN AD

गण्डकी प्रदेश सरकारद्वारा तीन पदाधिकारीको शपथ

वि.सं.२०७६ फागुन २८ बुधवार

762 

shares

२८ फागुन, गण्डकी । गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रमा नियुक्त भएका तीन पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को यही फागुन २२ गते बसेको बैठकबाट नियुक्त भएका ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक ऋषिराम पाण्डे र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पाण्डे र प्रेस संयोजक न्यौपानेलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गराए ।
त्यस्तै ताल विकास प्राधिकरणका कार्यकारी निर्देशक गुरुङलाई प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शपथग्रहण गराए । कार्यक्रममा मुख्यमन्त्री गुरुङले नियुक्त पदाधिकारीले प्रदेशको समृद्धि र विकासको लक्ष्य प्राप्तिका लागि इमान्दाररूपमा लाग्नुपर्ने बताए।

जागिरे सोचभन्दा पनि सेवाभावबाट क्रियाशील बन्नुपर्ने बताउँदै उनले नतिजा दिने किसिमबाट काम गर्न आग्रह गरे । उनले ताल विकास प्राधिकरणसँगै पोखरा र आसपासका तालतलैयाको संंरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रदेशभित्रका ताललाई प्राधिकरणमातहत ल्याउँदै प्रत्येकको शाखा कमिटी निर्माण गरी अघि बढाइने उनले जानकारी दिए ।

प्रदेशमा कर्मचारीको दक्षता अभिवृद्धि गर्दै सुशासन र विकासको लक्ष्य प्राप्तिका लागि प्रदेश प्रशिक्षण प्रतिष्ठान उपयोगी बन्ने उनले विश्वास व्यक्त गरे । प्रदेशमा भए\गरेका कामलाई प्रचारप्रसार गरी जनतामाझ पु¥याउन प्रेस संयोजकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लम्सालले प्रदेश सरकारले कामलाई व्यवस्थित गर्ने लक्ष्यलाई पूरा गर्न पदाधिकारी नियुक्तिसँगै थप सहज हुने विश्वास व्यक्त गरे । ताल, पोखरी, कुवाकुण्डको संरक्षण सरकारको प्राथमिकताका साथ अघि बढाएको बताउँदै उनले वातावरण संरक्षणसँगै समृद्धि र विकासको लक्ष्य पूरा गर्न प्राधिकरण उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले पदाधिकारी नियुक्तिसँगै सम्बद्ध निकायमा कामले थप गति लिने बताए । नवनियुक्त गुरुङ, पाण्डे र न्यौपानेले प्राप्त जिम्मेवारीलाई आत्मसात गर्दै योग्यता, क्षमता र दक्षताले भ्याएसम्म प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे ।रासस

वि.सं.२०७६ फागुन २८ बुधवार १४:५३ मा प्रकाशित

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...