back

सोलारबाट आगलागी हुँदा घर जल्यो

वि.सं.२०७३ पुस १ शुक्रवार

540 

shares
GLOBAL IME AD
NTC AD

१ पुस,जाजरकोट । यहाँको एक दलित परिवारको सोलारबाट भएको आगलागीका कारण घर पूर्णरुपमा जलेपछि विचल्ली भएको छ ।

जिल्लाको रामीडाँडा गाविस–८, छेडास्थित जीतबहादुर परियारको घरमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाकुँडा र घर पूर्णरुपमा जलेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो ।

जीतबहादुरका बच्चाले सोलारको तार शुक्रबार बिहान चलाउँदा माइनस, प्लस जुध्दा घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय वारेकोटले जनाएको छ । पुसको चिसो र घरमा कपडा सिलाएबापत उठाएको अन्न र घर सबै जलेपछि परियार परिवार विचल्लीमा परेको छ । जाजरकोटमा रामीडाँडा गाविसमा सबैभन्दा बढी चिसो हुने गर्दछ ।

अर्काको कपडा सिलाएबापत दिएको अन्नले दैनिक छाकटार्ने परियारलाई अब घर बनाउने र सबै जहान कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । अब दैनिक कपडा सिलाउने मेसिन पनि जल्दा गरिखाने हातै भाँचिएको उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ पुस १ शुक्रवार ०७:२३ मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी...

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

पाँचथर । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका...