back
CTIZAN AD

सोलारबाट आगलागी हुँदा घर जल्यो

वि.सं.२०७३ पुस १ शुक्रवार

1K 

shares

१ पुस,जाजरकोट । यहाँको एक दलित परिवारको सोलारबाट भएको आगलागीका कारण घर पूर्णरुपमा जलेपछि विचल्ली भएको छ ।

जिल्लाको रामीडाँडा गाविस–८, छेडास्थित जीतबहादुर परियारको घरमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाकुँडा र घर पूर्णरुपमा जलेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो ।

जीतबहादुरका बच्चाले सोलारको तार शुक्रबार बिहान चलाउँदा माइनस, प्लस जुध्दा घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय वारेकोटले जनाएको छ । पुसको चिसो र घरमा कपडा सिलाएबापत उठाएको अन्न र घर सबै जलेपछि परियार परिवार विचल्लीमा परेको छ । जाजरकोटमा रामीडाँडा गाविसमा सबैभन्दा बढी चिसो हुने गर्दछ ।

अर्काको कपडा सिलाएबापत दिएको अन्नले दैनिक छाकटार्ने परियारलाई अब घर बनाउने र सबै जहान कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । अब दैनिक कपडा सिलाउने मेसिन पनि जल्दा गरिखाने हातै भाँचिएको उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ पुस १ शुक्रवार ०७:२३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...