back
CTIZAN AD

नाममै सीमित अधिकारसम्पन्न वाग्मती

वि.सं.२०७६ चैत २ आइतवार

678 

shares

२ चैत, काठमाडौँ । नाममै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति राखिएको सरकारी निकायलाई अधिकार भने केही नदिइएको कार्यकारी अध्यक्ष र आयोजना प्रमुखको गुनासो छ ।

समिति स्थापना भएको २५ वर्ष पूरा भई २६ वर्ष प्रवेश गर्न लागे पनि गठन आदेशकै भरमा काम चलाउनुपर्दा जिम्मेवारी पूरा गर्न नसकिएको समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले स्वीकारे । समितिले आयोजना गरेको समीक्षा गोष्ठीका अवसरमा उनले शहरी विकासमन्त्री र सचिवलाई पटकपटक भन्दा पनि समितिको विधेयकको तयार हुन नसकेको गुनासो गरे ।

“कार्यालयको नाम अधिकारसम्पन्न वाग्मती छ, तर अधिकार भने नदीमा फोहर फाल्नेलाई कुनै कानूनी कारवाहीको दायरामा ल्याउने अधिकारसमेत दिइएको छैन, समितिको ऐन नबन्दा कर्मचारीको वृत्तिविकासको कामसमेत हुनसकेको छैन”, उनले भने ।

आयोजना प्रमुख लीलाप्रसाद ढकालले समितिसँग अधिकार नभएकैले सुकुम्वासीका नाममा नदीको किनार अतिक्रमण गरी बसेकालाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेके बताए ।

“नदी किनारमा सुकुम्वासी थुपारेर वाग्मती कहिल्यै सफा हुँदैन, वास्तविक सुकुम्वासीको समस्या समाधान गर्न अध्ययन भइरहेको छ, सुकुम्वासीका नाममा नदी किनारमा टहरा बनाई भाडामा लगाउनेकोे सङ्ख्या धेरै छ, यसको वास्तविकता पत्ता लगाउन मोबाइल एप्स बनाएर ट्रयाकिङ गरिँदैछ”, उनले भने ।

इचङ्गुनारायणमा निर्माण भएको आवासमा समेत सुकुम्वासी नगएर नदी किनार कब्जामै लिइरहँदा वाग्मती सौन्यर्यकरण, करिडोर निर्माणलगायत पूर्वाधार विकासका काममा अवरोध भइरहेको समितिले जनाएको छ । समितिले केही दिनमै नदी किनारका सुकुम्वासी समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

वि.सं.२०७६ चैत २ आइतवार ११:२५ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...