back
CTIZAN AD

पाँच जनाभन्दा बढी भेला हुन रोक

वि.सं.२०७६ चैत ३ सोमवार

882 

shares

३ चैत, भियना । अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीव्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ ।

सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी सङ्ख्यामा मानिसहरु भेला हुन रोक लगाएको छ । सरकारले अनावश्यक रूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले आगामी मङ्गलबारदेखि यहाँका रेस्टुरेन्टहरु पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन् ।

अष्ट्रियामा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ । आइतबार सङ्क्रमितको सङ्ख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा सङ्क्रमण देखिएको छ ।

अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसैबीच विश्वभर एक लाख ५२ हजार ४२८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले आइतबार जनाएको छ । उनका अनुसार विश्वका १४१ मुलुकमा कोरोनाको सङ्क्रमण फैलिएको र सङ्क्रमितमध्ये पाँच हजार ७२० जनाको उपचारका क्रममा मृत्यु भएको छ । लगभग छ हजारको सङ्ख्यामा सङ्क्रमणका जटिल समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सङ्गठनका प्रवक्ता फादेला चाइबले पछिल्ला दिनमा युरोपमा सङ्क्रमणको प्रकोप बढी देखिएको बताए । (रासस/एएफपी)

वि.सं.२०७६ चैत ३ सोमवार ०८:२६ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...