३ चैत, काठमाडौं । देशको प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस सदस्यता बितरण र संगठन निर्माणमा आक्रामक बन्दै गएको छ ।
स्व शुशिल कोइरालाको नेतृत्वमै संबिधान घोषणा गरेको भएपनि कांग्रैसले संबिधानत आफुलाइ परीमार्जित गर्न सकेको थिएन । यतिबेला भने कांग्रेस सदस्यता बितरणसंगै नेपालको संबिधान र मुलुकको नयाँ सङ्घीय संरचनाअनुसार अघि बढदैछ ।
सदस्यता अभियानसंगै कांग्रेस पार्टीको अन्तरिम संरचना समायोजनको काममा अन्तिम चरणमा पुगेको छ । कांग्रेस श्रोतका अनुसार दुइ तिहाइ जिल्लाले पूर्ण र बाँकी जिल्लाले करबि ९० प्रतिशत बढि समायोजनको काम सम्पन्न गरेका छन ।
सो दलको १४औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन २०७७ साल कात्तिक १६ गते, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसंगै समय तालिकामा चल्न कांग्रैसलाइ धौ परीरहेको छ ।
गत फागुन १३ गते नै सबै जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी गरीएको परिपत्रमा क्रियाशील सदस्यता नवीकरण फारम केन्द्रबाट जिलला सभापति वा जिल्ला सभापतिले लिखित अख्तियारी दिएको व्यक्तिले मात्र बुझ्नसक्ने व्यवस्था गरीएको थियो । सो बमोजिम आधाजति जिल्लाले सो फारम बुझिसकेको बताइएको छ ।
सत्तापक्ष नेकपाले सदस्यता नबिकरणसंगै तलसम्म समायोजन गर्दै लगेको स्थितिमा प्रतिपक्षि कांग्रेस पनि आक्रामक रुपमै आडि बढन लागेको छ ।
स्वदेश र विदेशसमेत गरी हाल काँग्रेसको क्रियाशील सदस्य पाँच लाख बढि रहेको स्थितिमा केन्द्रीय कार्यसमितिको गत माघ २९ गतेको बैठकले विद्यमान क्रियाशील सदस्य सख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरीसकेको कारण कांग्रेसको सदस्यता संख्या अब आठ लाखको हाराहारीमा पुग्नेछ ।
वि.सं.२०७६ चैत ३ सोमवार १७:१४ मा प्रकाशित






























