back
CTIZAN AD

कोरोना भाइरसविरुद्ध लड्ने सरकारको यस्तो तयारी, स्वास्थ्यकर्मीलाई भत्ता, १ हजार आइसोलेटेड बेड बनाइने

वि.सं.२०७६ चैत ३ सोमवार

840 

shares

३ चैत, काठमाण्डौं । चीनको वुहानबाट सुरु भएर संसारभरीका देशमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को रोकथामका लागि नेपालमा पनि व्यापक तयारी गरिएको छ ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि हरसम्भव प्रयासहरु गरिरहेको छ ।

त्यसका लागि सोमबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी गठन गरिएका उच्चस्तरीय समन्वय समितिले उपत्यकामा १हजार सम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको हो ।

बैठकले उपत्यकामा १ हजार सम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको हो । त्यसका लागि कीर्तिपुर अस्पतालमा २००, खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा २२०, इचंगुनारायणस्थित सुकुम्बासी आवासमा २८० , टेकु अस्पतालमा ११, पाटन अस्पतालमा ७०, भत्तफुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र नेपाल प्रहरी र शसस्त्र प्रहरीको अस्पतालमा सय\ सय आइसोलेटेड बेड बनाउने निर्णय गरिएको बताइएको छ । साथै अस्पतालमा २०-२० वटा आइसीयु बेड बनाइने र प्रदेश सरकारसँग समन्वय गरेर उपत्यका बाहिर पनि १ सय आइसीयू बेड तयारी गरिने छ ।

त्यसैगरी सोहि बैठकले बीस हजार थान सेफ्टी किट (पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट), दश हजार डाइग्नोस्टिक किट तथा एक हजार थान थर्मल गन खरिद गर्ने निणय गर्नुका साथै कोरोना संक्रमितहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई भत्ता दिइने निर्णय समेत गरेको छ । बैठकले ती सम्पूर्ण उपचार सामाग्री खरिद गर्ने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ ।

बैठकले कोरोना भाइरसलाई कडा रोगका सूचीमा राख्ने निर्णय गरेको छ । जस अनुसार यसको सं क्रमणबाट कसैको मृत्यु भएमा र उनी संचयकोषका बचतकर्ता रहेको पाइएमा उनका परिवारले १० लाख सहयेग दिइने निर्णय समेत गरेको बताइएको छ ।

त्यसैगरी बैठकले भारतसँगको सीमा नाकामा कडाइ गर्न भारतसँग समन्वय गर्ने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने दुवैतर्फका यात्रुको स्क्यान गर्ने निर्णय समेत गरिएको बताइएको छ ।

वि.सं.२०७६ चैत ३ सोमवार २२:०५ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...