back
CTIZAN AD

डा. पाण्डे भन्छन्–होम क्वारेन्टाइन अर्थात (एकान्तबास) मा अनिबार्य बसौं

वि.सं.२०७६ चैत ४ मंगलवार

867 

shares

४ चैत, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आफू स्वस्थ्य देखिएपनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको हुन सक्ने बताएका छन् ।

डा. पाण्डेले छिमेकी देश भारतदेखि विश्वका जुनसुकै ठाउँबाट आएका सम्पूर्ण व्यक्तिहरु (स्वदेशी तथा बिदेशी) लाई २ हप्ताको लागि घरमै एकान्तबास (क्वारेन्टाइन) मा बस्न सुझाएका छन् ।

होम क्वारेन्टाइन अर्थात एकान्तबासमा अनिबार्य बसौं
छिमेकी देश भारतदेखि विश्वका जुनसुकै अहिले आफू स्वस्थ देखिएपनि कोरोना संक्रमण भएको हुनसक्छ ।

एकान्तबास नबस्दा त्यो भाइरस पहिले आफ्नो परिवार, आफन्त, नजिकका मित्रहरु, टोलबासी लगायत नजिकका व्यक्तिलाई सर्दछ । कोरोना संक्रमण पराइभन्दा आफन्तबाट सर्दछ । यदि घरको कोठामा एकान्तबास गरेनौं भने आफ्नो परिवार, आफन्त, समाज र राष्ट्रलाई ठूलो पीडा दिएको ठहर्नेछ ।

सन्दर्भ कोरोना संक्रमणः डा. रवीन्द्र पाण्डे भन्छन् -यी हुन् सरकारले गर्नुपर्ने पूर्वतयारी

यस्तो गम्भीर बिषयमा खेलठट्टा नगरौं । जिम्मेवार बनौं । बाहिरबाट कोहि व्यक्ति आफ्नो टोलमा आएको छ भने टोलबासीले पनि अनुगमन गरौँ । एकान्तबास अपनाएको छैन भने उसलाई अनुरोध गरौँ । अनुरोध नटेरेमा नजिकको प्रहरी कार्यालयमा जानकारी प्रदान गरौँ ।

एकान्तबास नअपनाउदा संसारभर कोरोना संक्रमणले आतंकित बनाएको तथ्य नबिर्सौं । कोरोना भाइरसको फैलाबट तीब्र भएकोले जुनसुकै बेला अकल्पनीय परिस्थिति आउन सक्छ । त्यसको लागि मानसिक तथा भौतिक रुपले तयार बनौं । ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भए जो कोहि पनि एकान्तबासमा बसौं । सरकारले बाहिरबाट आउने हरेक व्यक्तिको विवरण सम्बन्धित वडा कार्यालय, वडा प्रहरी कार्यालय, टोल सुधार समिति, आमा समुह आदिलाई चेनमार्फत जानकारी प्रदान गरोस ।

मास्कको चिन्तामा हुनुहुन्छ ? डा.रविन्द्र पाण्डे भन्छन्–स्वस्थ्य व्यक्तिलाई मास्कको आवस्यकता छैन

वि.सं.२०७६ चैत ४ मंगलवार १२:४३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...