back

डा. पाण्डे भन्छन्–होम क्वारेन्टाइन अर्थात (एकान्तबास) मा अनिबार्य बसौं

वि.सं.२०७६ चैत ४ मंगलवार

462 

shares
GLOBAL IME AD
NTC AD

४ चैत, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आफू स्वस्थ्य देखिएपनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको हुन सक्ने बताएका छन् ।

डा. पाण्डेले छिमेकी देश भारतदेखि विश्वका जुनसुकै ठाउँबाट आएका सम्पूर्ण व्यक्तिहरु (स्वदेशी तथा बिदेशी) लाई २ हप्ताको लागि घरमै एकान्तबास (क्वारेन्टाइन) मा बस्न सुझाएका छन् ।

होम क्वारेन्टाइन अर्थात एकान्तबासमा अनिबार्य बसौं
छिमेकी देश भारतदेखि विश्वका जुनसुकै अहिले आफू स्वस्थ देखिएपनि कोरोना संक्रमण भएको हुनसक्छ ।

एकान्तबास नबस्दा त्यो भाइरस पहिले आफ्नो परिवार, आफन्त, नजिकका मित्रहरु, टोलबासी लगायत नजिकका व्यक्तिलाई सर्दछ । कोरोना संक्रमण पराइभन्दा आफन्तबाट सर्दछ । यदि घरको कोठामा एकान्तबास गरेनौं भने आफ्नो परिवार, आफन्त, समाज र राष्ट्रलाई ठूलो पीडा दिएको ठहर्नेछ ।

सन्दर्भ कोरोना संक्रमणः डा. रवीन्द्र पाण्डे भन्छन् -यी हुन् सरकारले गर्नुपर्ने पूर्वतयारी

यस्तो गम्भीर बिषयमा खेलठट्टा नगरौं । जिम्मेवार बनौं । बाहिरबाट कोहि व्यक्ति आफ्नो टोलमा आएको छ भने टोलबासीले पनि अनुगमन गरौँ । एकान्तबास अपनाएको छैन भने उसलाई अनुरोध गरौँ । अनुरोध नटेरेमा नजिकको प्रहरी कार्यालयमा जानकारी प्रदान गरौँ ।

एकान्तबास नअपनाउदा संसारभर कोरोना संक्रमणले आतंकित बनाएको तथ्य नबिर्सौं । कोरोना भाइरसको फैलाबट तीब्र भएकोले जुनसुकै बेला अकल्पनीय परिस्थिति आउन सक्छ । त्यसको लागि मानसिक तथा भौतिक रुपले तयार बनौं । ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भए जो कोहि पनि एकान्तबासमा बसौं । सरकारले बाहिरबाट आउने हरेक व्यक्तिको विवरण सम्बन्धित वडा कार्यालय, वडा प्रहरी कार्यालय, टोल सुधार समिति, आमा समुह आदिलाई चेनमार्फत जानकारी प्रदान गरोस ।

मास्कको चिन्तामा हुनुहुन्छ ? डा.रविन्द्र पाण्डे भन्छन्–स्वस्थ्य व्यक्तिलाई मास्कको आवस्यकता छैन

वि.सं.२०७६ चैत ४ मंगलवार १२:४३ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...