
६ फागुन, काठमाण्डौं । कागेश्वरी मनहरा नगरपालिकाले उदाहरणीय कामको सुरुवात गरेको छ ।
नगरप्रमुख कृष्णहरि थापाका अनुसार सो नगरपालिकाले मास्क आफै उत्पादन गर्न लगाएको छ भने नगरवासीको स्वास्थ्य परीक्षण पनि सुरु गर्ने भएको छ ।
काठमाण्डौं जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको कागेश्वरी नगरपालिकाले आफैंले कपडाको मास्क उत्पादन गरी सबै बुँदामा पठाउन सुरु गरेको छ । यद्यपी उत्पादित मास्कको लागत मूल्य रु १५ परेको र रु १५ मै वितरणको व्यवस्था गरिएको नगरप्रमुखले जानकारी दिएका छन् ।
उनका अनुसार काम विशेषले वडाहरु र नगरमा आउने नगरवासीलाई infrared (IR) Hand Thermo Scanner बाट Covid-19 को परीक्षण गर्ने तयारी पनि गरिएको छ ।
वि.सं.२०७६ चैत ६ बिहीवार १३:११ मा प्रकाशित