back
CTIZAN AD

एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेद्धारा संकटका बेला एकजुट हुन अपिल

वि.सं.२०७६ चैत ६ बिहीवार

741 

shares

विश्वभरी तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण संसारभरीका मानवमा त्रास बढेको छ । यसले जर्मनीका नेपाली समुदायमा पनि त्रास बढेको र यसबाट बच्न र सबैले सर्बैलाई सहयोगका लागि एकजुट हुन एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेले अनुरोध गरेका छन् ।
जर्मनीमा रहेका नेपाली समुदायले आफ्नो कर्तव्य र आफ्नो आत्मबिश्वासलाई आत्मसाथ गर्दै अदम्य साहस छातिमा राखेर सामुन्ने आइरहेको कोरोना माहामारीसँग सामना गर्न एकजुट भएर लाग्नु आवश्यक रहेको उनले बताएका छन् ।

यस्तो छ उनको अपिल

आदरणीय जर्मनी लगायत विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार!

विशेषगरी हामी गैरआवासीय नेपालीहरूआजका दिन सम्म निकै असहज परिस्थितिको मात्र नभएर विकराल परिस्थितिको सामना गर्दैमा तल्लीन छौं । हामीलाई थाहा छैन, भोलि के हुने हो भनेर ! तर एउटा कुराचाहिँ स्पष्ट छ की, प्रत्येकले आफ्नो कर्तव्य र आफ्नो आत्मबिश्वासलाई आत्मसाथ गर्दै अदम्य साहस छातिमा राखेर सामुन्ने आइरहेको कोरोना माहामारीसँग सामना गर्न एकजुट भएर लाग्नु आवश्यक छ ।

यो विश्वको विनास पृथ्वीको उथलपुथल वा परमाणु अस्त्रको युद्धबाट हुनेछ भन्ने सुनेको थियौ तर अहिले सबै मिथ्या भएको छ । आपत विपतमा आफ्नोले आफ्नालाई सम्झिने गरिदो रहेछ, आफ्नै नातागोता इष्टमित्र बाहेक सम्पूर्ण नेपालीहरूको चिन्ता स्वतःनेपालीहरुमा व्याप्तछ । चिन्ता, चिता समान हुन्छ भन्ने उक्तिलाई सम्झदै हामी सबै आत्मबल दरो बनाएर बाँच्ने अठोट गरौं भन्न चाहान्छु ।
आजको यो सन्त्रासपूर्ण वातावरणमा संसारमा घट्दै गएका घटनाका विवरण सहितको जानकारीहरु विभिन्न माध्यमबाट क्षण क्षणमै सूचना स्वरूप प्राप्त भइरहेका छन् साथै त्यसको अध्ययन मनन पनि गरिरहेका छौ र गर्नु पनि पर्दछ ।

NRNA झैं सेवाभावले खुलेका हरेक संघसंस्थाहरु र त्यसको विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्ण सामाजिक अभियान्ताहरु, अग्रजहरु यो प्रतिकूल अवस्थामा पनि अत्यन्त जागरुक भै दत्तचित्त भई ठूलो मनले आवश्यक भूमिका निभाउँदै गरिएको समाचारहरु पड्न पाउँदा गौरव लागेको छ । यसको लागि वहाँहरुप्रति यही वालबाट नमन गर्न चाहन्छु ।

यसै सिलसिलामा गैरआवासीय नेपाली सङ्घ जर्मनीका हरेक मातहतमा रही विभिन्न जिम्मेवारी निर्वाह गर्नुहुने हाम्रा सम्पूर्ण सहयात्री साथीहरुलाई यो जटिल परिस्थितिमा ‘नेपालीका लागि नेपाली’ भन्ने नारा चरितार्थ गर्न एकजुट भै आफुले सकेको जिम्मेवारी निर्वाह गर्न हार्दिक अनुरोध गर्दछु । आ-आफ्नो क्षेत्रमा र सम्पर्कमा रहनुहुने नेपालीहरुका समस्याहरु, त्यसमा पनि भाषाका समस्या, बसाई को समस्या अर्थात वैधानिकताको समस्या (without Visa) खाना अर्थात् दैनिक उपभोग्य वस्तुको वा सामाग्रीको समस्याको खोजी गर्दै तत्काललसई यस्ता बिषयहरुको निराकरणार्थ अपनाउन सकिने उपायहरुका लागि सामुहिक रुपमा सम्पर्क आउन बिनम्र अनुरोध गर्दछु ।

समस्याका सिकार हुने सक्ने सम्भावनाका ठाउँहरुमा
तल उल्लेखित ठाउँमा हामीले विशेष सहयोग गर्नुपर्ने धारणा यहाँहरु समक्ष राख्न चाहन्छु ।
(गलत अर्थ नलागेमा सुझावको अपेक्षा गरेको छु!)

१.ओभर स्टे बस्नेहरुको सम्बन्धमा !

२. सिमित आम्दानीमा पठनपाठन गर्दै रहेका विद्यार्थीहरु र दैनिक ज्यालामा जीवन यापन गर्ने हरुको सम्बन्धमा !

३. भाषागत रुपमा निपुर्णता नहुनेहरुको सम्बन्धमा !

४. बसाइको क्रममा आफ्नो origin id बिना बसोबास गर्नेहरू जो नेपाली दूतावासको सम्पर्कमा जान नसकेको स्थिति रहेकाहरुको सम्बन्धमा !

समाधानार्थ उपायको लागि अपनाइने विधिहरू यस्तो पनि हुँदो हो कि !

१. आ-आफ्नो क्षेत्रमा रहेका नेपालीहरुको बसोबासमा रहेकाहरुको नामावली संकलन गरीनेछ । बिशेष त over sty मा बस्नेहरुको गोपनियता ख्याल गरिने छ ।

२. विद्यार्थीहरूको विचमा भएका प्रतिनिधिमार्फत् सहयोगको आवश्यकता पर्नेहरुको विवरण निकाल्नु पर्ने हुन्छ ।

३. आवश्यक कागजी प्रक्रियाका सवालमा र स्वास्थ्यसम्बन्धी व्याख्या विश्लेषण गर्न असमर्थ हुनेहरुको लागि नजिकबाट पहल गर्ने अर्थात interpreter  को आफूलाई तयार रहेको कुरा जानकारी दिनु पर्ने हुन्छ ।

४. चौथो नम्बरमा रहेको बुदा अनुसार आवश्यक डकुमेन्ट्को पहल गरिदिदै सहजकर्ताको भुमिकामा रहने

५. आ–आफ्नो स्थानियहरुको लागि टेलिफोन, भाइबर, मेसेन्जर जस्तो सामाजिक संजालमा जोडिनेगरी सम्पर्कमा रहनु पर्ने हुन्छ ।

६. खाद्य पदार्थको लागि किनमेलमा जान नसकेको वा आवश्यक बस्तुहरु किनमेलको क्रममा नपाइएको स्थितिमा कसरी ढुवानी वा उपलब्ध गराउने व्यवस्थाको लागि पहल गरिने छ ।

अन्तमा, विद्यार्थी भाइबहिनीहरू वा र अन्य महानुभावहरुलाई स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको दोहोरो सम्पर्कमा आउन हार्दिक अपिल गर्दछु ।

हुन त फेसबुकमा प्रोफाइल बनाउने अर्थात गतिलो नाम कमाउने धन्दा पनि चलेको छ तर यसबेला सबै कुराको सकारात्मक सोच र चिन्तनप्रति बिश्वास राख्दै हामी एक अर्का प्रति परिपूरक बनाउने अभियानमा जुटौं भन्न चाहन्छु ।

इन्टरनेटको जमानामा आवश्यक पर्दा सबैले सबैजनाको नालीबेली र सम्पर्क गर्न सकिने हुनेहुनाले मेरो सम्पर्क पनि सधैं खुल्ला किताब सरह रहेकोछ । त्यसैगरी बिभिन्न ठाउँमा छरिएर रहनुहुने साथीहरूको सक्रियतामा हातमा हात, साथमा साथ दिएर आफ्नो भूमिका अनुसार आफ्नो कर्तव्य निभाई दिनुहुनेछ भन्ने बिस्वास एबंम भरोसा गर्दै मेरो यही प्रतिवद्धताका साथ बिदा हुन चाहन्छु धन्यवाद ।

स्मरण रहोस्, हालसम्म जर्मनीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ भने संक्रमित व्यक्तिको संख्या १२ हजार

३२७ पुगेको छ । जसमा १ सय ५ जना निको भएको बताइएको छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १३:५७ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...