back
CTIZAN AD

साइप्रस सरकारद्धारा आपतकालिन स्थितिको घोषणाः एनआरएनए साइप्रसले गर्यो यस्तो अनुरोध

वि.सं.२०७६ चैत ६ बिहीवार

1.3K 

shares

६ चैत, साइप्रस । साइप्रसमा कोरोनाको संक्रमण बढ्दै गएको र त्यसले पारेको प्रभाव नियन्त्रणका लागि त्यहाँको सरकारले आपतकालिन स्थितिको घोषणा गरेको छ ।

भाइरसका कारण साइप्रसमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरुको स्वास्थ्य अवस्थाप्रति सबैको चासो चिन्ता बढेको भन्दै एनआरएनए साइप्रसले सकुशल रहन अनुरोध गरेको छ । साइप्रसमा रहेका नेपालीहरुमा यो भाइरसको संक्रमण देखिएमा एम्बुलेन्स, अस्पताल, वा सम्बन्ध्ीत निकायमा खबर गर्ने, प्रराम्भिक जानकारी लिन र दिने जस्ता कामका लागि निम्न नम्बरहरुमा फोन गर्न पनि संघले अनुरोध गरेको छ ।

जसका लागि यी संघकी अध्यक्ष दिलकुमारी पुन, प्रमुख संरक्षक लगायतको निम्न नम्बरमा फोन गर्न सकिने जानकारी दिइएको छ ।

NRNA Cyprus:-
प्रमुख संरक्षक- 96751378
दिल कुमारी पुन – 96414536
अन्तेश राउत – 97646724
कृप थापा – 96570045
कुन्दन कार्की – 96322556
पुरन थापा -97668827
दिनेश दकाल – 96193868
दिनेस गौतम -96044348
सामाजिक अभियन्ता  नन्द पाण्डे:- 96588161
पत्रकार समि मिया :-96358646

संघले जारी गरेको सूचनामा यस्तो भनिएको छ

सम्पूर्ण आदरणीय साइप्रस दाजुभाई तथा दिदिबहिनी नेपाली बासीहरु

कोरना भाइरस (COVID-19) को युरोपमा व्यापक संक्रमण बढे संगै साइप्रस सरकारले स्वस्थ्य स्थितिलाई मध्यनजर राखेर नियन्त्रणका लागी देशव्यापी रूपमा आपतकालीन स्थितिको घोषणा गरेको छ । साइप्रसमा पनि दिनहुुँ दिनहुुँ कोरोना भाइरस संक्रमणको मात्रा र जोखिमहरु बढ्दै गएकोले साइप्रसमा बस्ने सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनी सो रोग बाट नेपाली समुदायमा पनि व्यापक चिन्ता , चासो छाएको र त्रसित भएरहेको छौ, जुन महामारी रुपमा दिन प्रती दिन कोरोनाको संख्या बढ्दै गएकोले सबै साइप्रसमा हुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सुरक्षितनै छन भन्ने खबरहरु प्राप्त भएरहेको छ र अब आउने दिनहरुमा पनि सम्पुर्ण नेपाली बासीहरु सकुशल रहनु भने हामी कामना गर्दछौं ।
साइप्रसको हाल संक्रमणको मात्रा र जोखिमहरु बढ्दै गएकोले साइप्रसमा बस्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ सार्वजनिक स्थानमा हुने विभिन्न सभा, सम्मेलन, कार्यक्रम, रेस्टुरेन्ट, बार, डिस्को, सपिङ महल लगायत भिडभाड हुने ठाउँहरु, बजार, पार्क जमघट स्थानहरुमा अत्यावश्यक काम बाहेक नजानु हुन अनुरोध गर्दछु । यसैगरी सार्वजनिक यातायातहरु बस लगायतका साधनहरु सकेसम्म कम प्रयोग गर्नु हुन र स्वयं आफ्नो, अनि आफन्तको स्वस्थ्य स्थितिमा सजग रहन र समुदायलाई पनि सचेत गराउन हार्दिक अनुरोध गर्दछु ।

साइप्रसमा रहेका कुनैपनि नेपालीलाई यो भाइरसको संक्रमण वा समस्या देखिएमा आवश्यक सहयोग जस्तो एम्बुलेन्स, हस्पिटल वा सम्बन्धित निकायमा खबर गर्ने, प्रारम्भिक जानकारीहरु लिने दिने जस्ता कामहरुमा का लागी निम्न नम्बरमा सम्पर्क ग़र्नु हुन अनुरोध गर्दछु ।
सहयोग का लागी :-
एम्बुलेन्स सेवाको लागि (24 hour dedicated ambulance service for coronavirus):- +357 22887171

स्वास्थ्य पदोन्नति र रोग:-
Health Promotion and Disease Prevention (Ministry of Health) +357 22605-659/ -60

साइप्रस स्वास्थ्य मन्त्रालय कोरोना भाइरस हेल्पलाइन(Cyprus Ministry of Health coronavirus helpline):- 1420 / 1450 ,

Mr. Costas Ktorides – 99 630933
अवैतनिक नेपाली बाणिज्य दुताबासका मानार्थ वाणिज्य दुत डा . राम जीवन पंजियार -99666401
NRNA Cyprus:-
प्रमुख संरक्षक- 96751378
दिल कुमारी पुन – 96414536
अन्तेश राउत – 97646724
कृप थापा – 96570045
कुन्दन कार्की – 96322556
पुरन थापा -97668827
दिनेश दकाल – 96193868
दिनेस गौतम -96044348
सामाजिक अभियन्ता नन्द पाण्डे:- 96588161
पत्रकार समि मिया :-96358646

कोरोनाका कारण साइप्रसमा नेपाली विद्यार्थीलाई सास्ती

 

 

 

वि.सं.२०७६ चैत ६ बिहीवार १४:१२ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...