back
CTIZAN AD

कोरोना संक्रमणको त्रासः रोगभन्दा भ्रम घातक छ

वि.सं.२०७६ चैत ७ शुक्रवार

852 

shares

कोरोना संक्रमणको समाचारले गर्दा धेरै व्यक्तिहरु आत्तिएका छन् । समाजमा धेरै भ्रम तथा हल्ला उम्रिएका छन् । अहिले यस्तो स्थिति छ, मानौं कोरोना लाग्ने बित्तिकै मृत्यु भइहाल्छ । यसको मृत्युदर ०.७ देखि ३.५ प्रतिशत  मात्र छ भन्ने वास्तविकता हामीले बिर्सिनु हुँदैन । यस आलेखमा कोरोना संक्रमणको यथार्थता प्रस्तुत गरेको छु ।

-विश्वका १७७ देशमा कोरोना संक्रमण पुगेको छ । यो समस्या हाम्रो मात्र हैन, संसारको समस्या हो । हामी नेपाली निकै भाग्यमानी हौँ । अहिलेसम्म हामीले यो समस्यासंग पीडाजनक युद्ध गर्नुपरेको छैन ।

-सुरुमै कोरोना संक्रमण नेपालमा आएको भए हाम्रो अकल्पनीय क्षति हुने थियो । यो ढिलाइको कारण हामीले प्रशस्त अनुभव गर्न पायौं, संसारको पीडा बुझ्न पायौं, रोकथामका नयाँ नयाँ उपाय अबलम्बन गर्न पायौं, यसको घातक प्रभाव थाहा पायौं, मास्क र स्यानिटाइजर तथा खाधान्नको अभाव नेपालमा मात्र हैन बिकसित देशमा पनि हुँदोरहेछ भन्ने तथ्य थाहा पायौं । अर्थात मानसिक र भौतिक तयारी गर्ने समय पायौं ।

-सरकारले स्टेप बाइ स्टेप कदम चल्न पायो । लक डाउनको लागि मानसिक रुपमा सरकार र जनता तयार भयौं । सरकारको शक्ति र कमजोरी थाहा पायौं । थाहा पाउनु भनेको समाधानको बाटोमा हिंड्नु पनि हो ।

-कोरोना संक्रमण त्यति घातक रोग हैन । यो छिट्टै फैलिन्छ तर रुघाखोकी जस्तै कम खतरनाक छ । उदाहरणको लागि आजको दिनसम्म विश्वमा १२६१२० जना अर्थात् ९५  प्रतिशतमा सामान्य लक्षण देखिएका छन् ,जुन आराम र झोलिलो खाना तथा लाक्षणिक उपचारले ठिक हुन्छन भने ६,९४२ जना अर्थात् -५  प्रतिशत  मात्र गम्भीर लक्षण देखिएका छन् । ती ५ प्रतिशतमा पनि एकदम थोरैको मृत्यु हुन्छ । त्यो मृत्यु ‘मृत्युको डिलमा पुगेका’ व्यक्तिको मात्र हुन्छ ।

-यो रोग बिकसित देशमा धेरै फैलिएकोले लाखौँ अनुसन्धान, औषधि तथा खोपमा प्रगति एबम आपसी हातेमालो सार्थक भइरहेको छ । औषधि तथा खोपको प्रयोग धनी देशबाट सुरु भएको छ ।

-धेरैलाई भ्रम छ कि ब्लडप्रेसर र सुगर भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा छ भन्ने । त्यो अल्प सुचना मात्र हो । जन्मजात मधुमेह भएका, मधुमेहको अन्तिम स्टेजमा पुगेर किड्नी लगायतका अंग खराब भएका तथा ब्लडप्रेसर हुँदै मुटुको असाध्य रोग लागेका व्यक्तिलाई जोखिम छ भनेको हो । सामान्य ब्लडप्रेसर र मधुमेह भएका एबम औषधिले प्रेसर र सुगर नियन्त्रण भएका व्यक्तिलाई जोखिम छैन ।
बालबालिकालाई जोखिम भनिएपनि अहिलेसम्म विश्वको डाटा हेर्ने हो भने नगन्य रुपमा यसको घातकता देखिएको छ । सय बर्ष काटेका धेरै बुढाबुढी यो रोगबाट सजिलै निको भएका छन् । तसर्थ जोखिम बर्ग जनरलाइज गर्नु हुँदैन । त्यसलाई भयो भने मलाइ पनि हुन्छ भन्ने छैन । हरेक व्यक्ति फरक फरक हो । यो मौलिकता हामीले बुझ्नुपर्छ ।

-मास्क, स्यानिटाइजर लगायतका सामान हुँदा राम्रो हो तर नहुँदा पनि असुरक्षित महशुष गर्नुपर्दैन । कोभिड -१९ बाट बच्ने अचुक उपाय भनेको घरमै बस्ने, हात धोइरहने तथा आफुलाई शारीरिक एबम मानसिक रुपमा बलियो बनाउने नै हो ।

– महामारी तथा प्राकृतिक बिपत्तिमा हल्ला, भ्रम, नकारात्मक समाचार, अपुष्ट कुरा तथा अनधिकृत बिषयले धेरैलाई पीडा दिएको हुन्छ । रोग लाग्नु भन्दा पहिले विक्षिप्त हुनु भनेको आफुले आफ्नो लागि खाल्डो खनेर खस्नु जस्तै हो । हाम्रो देशमा कोरोना संक्रमण ब्यापक भयो भने ती व्यक्ति सजिलै बाँच्नेछन् जो मानसिक रुपमा बलिया हुन्छन् । शरीर गाडी हो भने मन त्यसको ड्राइभर हो । ड्राइभर विक्षिप्त भयो भने जस्तो सुकै बलियो गाडी भए पनि दुर्घटनामा पर्छ । हामी सबैले मन बलियो बनाऔं ।

जनस्वास्थ्य विज्ञ / भोलेन्टियर

वि.सं.२०७६ चैत ७ शुक्रवार ०९:१४ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...