back
CTIZAN AD

कोरोना भाइरस र मनमा उब्जिएका केहि कुराहरु

वि.सं.२०७६ चैत ७ शुक्रवार

861 

shares

यतिबेला विश्वनै नोबेल कोरोना  अर्थात् कोभिड १९ भाइरसबाट प्रभावित बनेको छ । जति पनि खबर आउँछन्, कोरोनासँग जोडिएर आएका छन् । कहिलेसम्म विश्व कोरोनाबाट आतंकित बन्छ ? र कहिले यसबाट मुक्त हुन्छ ? यसै अनुमान गर्न सकिने अवस्था छैन ।

मध्यचीनको हुनान प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस विश्वका झण्डै १७० मुलुकमा पुगिसकको छ । यसबाट मर्ने र संक्रमितको संख्या सुन्दा कहाली लाग्दो अवस्था छ ।

कोरोना उत्पत्तिको केन्द्रविन्दु मानिने चीनमा अहिले कोरोना झण्डैझण्डै नियन्त्रणमा आइसकेको बताइएको छ तर पनि संक्रमित पुरै सन्चो भैनसकेको अवस्थामा ढुक्क हुने अवस्था छैन । चीनमा नियन्त्रणमा आएका कारण विदेशमा रहेका चिनीया नागरिकहरु चीन फर्किरहेका छन् । तर चीन सरकारले जोकोहीलाई पनि एयरपोर्टबाट सिधै होटलमा लगेर राख्ने व्यवस्था गरेको छ । उनीहरुलाई होटलमा दैनिक ५ सय युवान तिर्नुपर्र्ने व्यवस्था गरिएका कारण फर्किएका मानिसहरु चिनीया सरकारसँग आक्रोशित बनिरहेको खबर पनि सुनिएका छन् । तर चीनले कोरोनामाथि विजय प्राप्त गर्न सक्नुमा चीन सरकारको कडा नीति हो । चिनीया जनताहरु सरकारले गरेको आग्रहको विरुद्धमा जान सक्दैनन् । जसको फलस्वरुप अहिले चीनको सबैतिरबाट प्रशंसा गर्न थालिएको छ ।

अहिले खासगरी युरोप र अमेरिका यसबाट सबैभन्दा बढी प्रभावित बनेको छ । युरोप अमेरिकामा यति भयावह बन्नुको कारण सुरुमा त्यहाँका सरकारले गरेको अवज्ञा (नेक्लिजेन्स) नै हो । विश्वमा शक्तिमान राष्ट्रको रुपमा उदाइरहेको चीन अप्ठ्यारोमा पर्दा विश्वका कुनै मुलुकले पनि सहयोग गर्ने तत्परता देखाएनन् । उल्टो बदनाम गर्ने, व्यङ्ग्य गर्ने र रमिता हेर्ने काम भयो । यो कुरा अहिले विश्वले मनन गरेको छ ।

भर्खर भर्खर युरोपमा कोरोना देखिन थाल्दा बेल्जियममा भएको छोरा बिनोदले ‘चीनमा जस्तो नियन्त्रण हुन गाह्रो छ । युरोपका जनता सरकारले भनेको टेर्दैनन् ’ भनेका थिए । हुनुपनि आज त्यस्तै भैरहेको छ । सुरुमा हेल्चेक्राइँ गर्दा नै आज युरोप कोरोनाको चक्रव्युमा फसेको हो । यदि जनताले साथ दिँदैनन् भने यो चक्रव्युबाट निस्कन युरोपलाई निकै गाह्रो हुने पक्का छ । संक्रमणको बेला सरकार र नागरिकको जिम्मेवारी उस्तै हुन्छ ।

हालै नेपाल सरकारले विदेशबाट आउने सबैलाई नेपाल आउन प्रतिबन्ध गरेको छ । सबैमा नेपाली नागरिकसमेत पर्ने हुँदा यसको आलोचना भैरहेको छ । प्राकृतिक न्यायको रुपमा हेर्दा आफ्ना नागरिकलाई नआउ भनेर बाटो छेक्न सरकारले मिल्दै मिल्दैन । आउनेहरुलाई बरु सरकारले अहिले खालि विद्यालय वा कार्यालयलाई क्वारेन्टाइन बनाइ १४ दिनसम्म राख्न सक्छ । उनीहरुलाई एयरपोर्टबाट सिधै लगेर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्दा राम्रो हुन्छ । सरकारले खर्च व्यहोर्न सक्दैन भने सक्नेसँगबाट खर्च लिँदा पनि शायद अनुपयुक्त हुँदैन ।

अर्को सिधा अर्थमा बुझ्दा भारतबाहेकका अन्य देशका नागरिकले अभिव्यक्ति दिए पनि फर्कने मनस्थितिमा देखिँदैनन् । दुःख नलागोस्, युरोप अमेरिकी जस्तो सम्पन्न देशले पु¥याउन सक्ने जस्तो उपचार नेपाल सरकारले दिन्छ भन्ने विश्वास नभएको अभिव्यक्तिहरुमा सुन्न सकिन्छ ।

कतिपयले सरकारले गरेको निर्णय ठिक भएको भनेर प्रशंसा गर्नेहरु पनि छन् । यो अवस्थामा हिड्डुल गर्नु राम्रो होइन । जहाँ छौँ, त्यहि सुरक्षित रहँ । अर्थात् आफू पनि सुरक्षित रहुँ र अरुलाई पनि सुरक्षित राखौँ ।

विदेशमा बस्ने नेपालीहरुले ‘अहिलेसम्म नेपालमा कोरोना नछिरेको हुँदै होइन, सरकारले ढाँटेको छ । सरकारले तथ्य लुकाएको छ’ भन्ने गर्नुहुन्छ । सरकारको नकरात्मक पक्षमात्र देख्ने हामी नेपालीहरुमा अझ प्रबुद्ध व्यक्तिहरुबाट समेत यस्तै अभिव्यक्ति आउँदा आशंका लाग्नु स्वभाविक नै हो । अहिलेको हाम्रो मिडिया ट्रेन्ड हेर्दा संक्रमित भएको भए शायद मृत्यु संख्या पनि आउँथ्यो होला, यो लुकाएर पक्कै राख्न सकिने अवस्था देखिँदैन । मन्त्रीपरिषद्का निर्णयहरु त पत्रकार सम्मेलन अघि नै बाहिरिने हाम्रो प्रवृत्तिमा कोरोनाबाट मरेकाहरु र संक्रमितको अवस्था लुकाउने सकिने अवस्था पक्कै होइन । यो अवस्था नआए हामी संसारकै भाग्यमानी बन्न सक्थ्यौ । शिव, बुद्ध, सीताको यो तपोभूमि विश्वमा शान्ति र गौरवको क्षेत्र बन्ने छ ।

हामी यो अर्थमा भाग्मानी नै छौँ, छिमेकी देश हुँदा पनि हामी सुरक्षित रहन सक्यौँ । विदेशमा कसरी यो फैलिरहेको छ, कसरी सुरक्षित रहने भन्ने जान्ने बुझ्ने अवसर पाएका छौँ ।

अमेरिकाबाट दिदीले फोनको कुराकानीमा भन्नुभयो । ‘कस्तो छ नेपालमा ? यहाँ खानेकुरा पनि अड्कलेर पाइन्छ । चेक गर्न किट छैन भन्ने सुनिन्छ, संक्रमित भएकाहरुलाई पनि घरमै बस भनेको छ रे ।’ उहाँले सुन्नुभएकोमा कतिको सत्यता छ कुन्नी ! सम्पन्न राष्ट्रले समेत चाहेर पनि राज्यले सबै व्यवस्था गर्न सक्दैन भने हामीले हाम्रो सरकारले यसो गरेन उसो गरेन भनेर गाली मात्र नगरुँ, सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरुँ । सरकारले गरेको आग्रह मान्न अटेरी नगरुँ । पक्कै पनि यो बेला आफू पनि बच्ने र अरुलाई पनि बचाउने हो । बाँचेरै त हो, संसार देख्न पाइने, जीवन छ त संसार छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १२:१० मा प्रकाशित

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...