back
CTIZAN AD

निर्भयाका बलात्कारीलाई यसरी दिइयो फाँसी

वि.सं.२०७६ चैत ७ शुक्रवार

1.1K 

shares

७ चैत, काठमाण्डौं । ४ जना बलात्कारीहरुलाई फाँसी दिइएपछि भारतभरी हर्षोल्लास गरिएको छ । चारजना मानिसलाई मार्दा पनि यस्तो उल्लासयम स्थिति आएको शायद पहिलो घटना हो ।

‘फन्दामा फाँसी’, भारतले अरुलाई पनि दिएकै हो । तर, यो अलिकति बढी प्रभाविलो बन्यो । सन् २०१२ देखि ‘अपराधिलाई कारबाही’ को प्रतिज्ञा गरिँदै आएको थियो । जुन कारबाही सन् २०२० को मार्च २० मा आएर कार्यान्वयन भएको हो ।

फिजियो थेरापीकी इन्र्टन निर्भयामाथि सन् २०१२ को डिसेम्बर १६ शुक्रबार साँझ क्रुर बलात्कार भएको थियो । अपराधिको पक्राउ, कारबाही र फाँसी माग लगातार हुँदै आएको थियो । सरकारले सो घटनामा ६ जनालाई दोषी ठहर गरी अदालत पेश गरेको थियो । जसमध्ये एकजनाले तिहाडजेलमै आत्महत्या गरिसकेका थिए भने एकजनालाई नाबालक ठहर्याएर सुधारगृह हुँदै रिहाइ समेत भैसकेको थियो ।

दक्षिण एसियाकै सबैभन्दा ठूलो भारतको राजधानी नयाँ दिल्लीस्थित तिहाड जेल जहाँ १६ हजार भन्दा बढी कैदी छन् त्यहि जेलभित्र आज ४ जना बलात्कारीलाई फाँसी दिइएको छ । फाँसीको मितिसम्म तय गरेर अदालतले बोलेका कारण तिहाड जेलका महानिर्देशक संदीप गोयल शुक्रबार विहान ४ः३० बजे जेल पुगिसकेका थिए । यसको ठिक १ घण्टा अगाडि अर्थात् विहान ३ः३० बजे नै चारजना अपराधिलाई उठाएर तयार पारिसकिएको थियो ।  महानिर्देशक गोयलका अनुसार उनीहरुलाई करीब आधा घण्टा समय ‘पुजा पाठ र ध्यान’का लागि भनिएको थियो ।  बिहान ५ः५० बजे उनीहरुलाई फान्दामा राखियो र ठिक ५० मिनेट पछाडि अर्थात् ६ः२० बजे उनीहरुलाई मृत घोषणा गरिएको थियो ।

जेलका अनुसार उनीहरुलाई २ वटा शब बहानमा राखेर दिन दयाल अस्पताल लगेर पोस्टमार्टम पनि गरिएको थियो । ३३ वर्षीय मुकेश सिंह, १५ वर्षीय पवन गुप्ता, २६ वर्षीय विनय शर्मा र र ३१ वर्षीय अक्षय कुमार सिंहले पुजापाठ सकेर मृत्यु स्वीर्काने फन्दामा पसेका थिए ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १२:०० मा प्रकाशित

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...