back

निर्भयाका बलात्कारीलाई यसरी दिइयो फाँसी

वि.सं.२०७६ चैत ७ शुक्रवार

579 

shares
GLOBAL IME AD
NTC AD

७ चैत, काठमाण्डौं । ४ जना बलात्कारीहरुलाई फाँसी दिइएपछि भारतभरी हर्षोल्लास गरिएको छ । चारजना मानिसलाई मार्दा पनि यस्तो उल्लासयम स्थिति आएको शायद पहिलो घटना हो ।

‘फन्दामा फाँसी’, भारतले अरुलाई पनि दिएकै हो । तर, यो अलिकति बढी प्रभाविलो बन्यो । सन् २०१२ देखि ‘अपराधिलाई कारबाही’ को प्रतिज्ञा गरिँदै आएको थियो । जुन कारबाही सन् २०२० को मार्च २० मा आएर कार्यान्वयन भएको हो ।

फिजियो थेरापीकी इन्र्टन निर्भयामाथि सन् २०१२ को डिसेम्बर १६ शुक्रबार साँझ क्रुर बलात्कार भएको थियो । अपराधिको पक्राउ, कारबाही र फाँसी माग लगातार हुँदै आएको थियो । सरकारले सो घटनामा ६ जनालाई दोषी ठहर गरी अदालत पेश गरेको थियो । जसमध्ये एकजनाले तिहाडजेलमै आत्महत्या गरिसकेका थिए भने एकजनालाई नाबालक ठहर्याएर सुधारगृह हुँदै रिहाइ समेत भैसकेको थियो ।

दक्षिण एसियाकै सबैभन्दा ठूलो भारतको राजधानी नयाँ दिल्लीस्थित तिहाड जेल जहाँ १६ हजार भन्दा बढी कैदी छन् त्यहि जेलभित्र आज ४ जना बलात्कारीलाई फाँसी दिइएको छ । फाँसीको मितिसम्म तय गरेर अदालतले बोलेका कारण तिहाड जेलका महानिर्देशक संदीप गोयल शुक्रबार विहान ४ः३० बजे जेल पुगिसकेका थिए । यसको ठिक १ घण्टा अगाडि अर्थात् विहान ३ः३० बजे नै चारजना अपराधिलाई उठाएर तयार पारिसकिएको थियो ।  महानिर्देशक गोयलका अनुसार उनीहरुलाई करीब आधा घण्टा समय ‘पुजा पाठ र ध्यान’का लागि भनिएको थियो ।  बिहान ५ः५० बजे उनीहरुलाई फान्दामा राखियो र ठिक ५० मिनेट पछाडि अर्थात् ६ः२० बजे उनीहरुलाई मृत घोषणा गरिएको थियो ।

जेलका अनुसार उनीहरुलाई २ वटा शब बहानमा राखेर दिन दयाल अस्पताल लगेर पोस्टमार्टम पनि गरिएको थियो । ३३ वर्षीय मुकेश सिंह, १५ वर्षीय पवन गुप्ता, २६ वर्षीय विनय शर्मा र र ३१ वर्षीय अक्षय कुमार सिंहले पुजापाठ सकेर मृत्यु स्वीर्काने फन्दामा पसेका थिए ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १२:०० मा प्रकाशित

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...