
७ चैत्र, काठमाडौँ । भरतपुर अस्पताल चितवनले आफ्ना सेवाग्राहीलाई अपिल गरेको छ ।
अस्पतालले हाल संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा सेवा दिनुपर्ने भएकाले तत्कालका लागि बीमा लगायत फुसर्दको सदुपयोग गर्दै होलबडी वा अन्य ऐच्छिक स्वास्थ्य परीक्षण केही समय पछि मात्र गरिदिन अनुरोध गरेको हो ।
साथै आकस्मिक बाहेक केही समयपछि गरेपनि हुने अप्रेशनहरुमा धैर्य गरि बसिदिन पनि अस्पतालले अनुरोध गरेको छ ।
अस्प्तालमा भर्ना भएर बस्नु पर्ने भएमा बिरामीसँग एकजना मात्र कुरुवा बसिदिन, फलोअपमा रहेका बिरामीहरुलाई आफूले सेवन गरेको औषधीहरुलाई निरन्तरता दिन र आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा अस्पताल नआइदिन पनि अनुरोध गरिएको छ ।
वि.सं.२०७६ चैत ७ शुक्रवार १६:५६ मा प्रकाशित