back
CTIZAN AD

एनआरएनएको गरिमा कम हुनुमा दोषी को

वि.सं.२०७६ चैत ९ आइतवार

828 

shares

समृद्ध नेपालको परिकल्पनामा स्थापित गैर आवासीय नेपाली संघले केहि बर्ष यता देखि बाटो बिराउन त लागेको होइन भन्ने प्रश्नहरु वारम्वार खडा नभएका होइनन। र ति प्रश्नहरुलाई जिम्मेवार व्यक्तिहरुले गम्भीर रुपमा उठाएर समस्याहरुलाई समाधान गर्न तर्फ कति गृहकार्य गर्ने काम भयो त ?  किन दिनदिनै संस्थाको गरिमा खस्काँदो गतिमा छ भन्ने प्रश्नहरु पनि नउठेका होइनन्। बुझ्रुकहरु आजकल भन्न थालि सकेका छन् केहि बर्ष पछि एकादेशको कहानी जस्तो नहोला भन्न सकिन्न एनआरएनए ।

२ बर्षे छोटो कार्यकाल र कर्यकालै पिछे नयाँ नयाँ अवधारणाहरु सार्वजनिक गरिन्छन् र विकासका ठुला ठुला कुराहरु गरिन्छन् जवकि निवर्तमान, पूर्व र भूतपूर्व कार्यसमितिले थालेका पुराना योजना तथा कार्यक्रमहरु लथालिङ्ग अवस्थामा ज्युँ का त्युँ राखिएको हुन्छ । नयाँ नेतृत्व अनि नयाँ कार्य योजना र अनगिन्ती कार्यदलहरु गठन र जिम्मेवारी हस्तान्तरण। तर ति कार्यदलहरुले न कुनै ठोस कार्य योजना लिएर काम गरेको देखिन्छ न त कुनै योजनाहरुको बारेमा कुनै परिणाम सार्वजनिक गरेको पाइन्छ। कथम कदाचित केहि योजनाहरु सुरु भैहाले पनि पूर्ण हुँदैनन् तर फेरी नयाँ नयाँ योजना परियोजनाहरुको जन्म हुने क्रममा कुनै कमि आउँदैन। नयाँ योजनाहरु आवश्यक पर्दछन समय र परिस्थिति अनुसार तर बिगतमा थालनी भएका योजनाहरु लथालिङ्ग राखेर नयाँ योजनाहरुको थालनी गर्नुको के औचित्य रहन्छ भन्ने प्रश्न आजको दिनमा टड्कारो बन्दै गैरहेको छ ? भागबन्डाको संस्कृति जसरि नेपाली राजनीतिमा झाँगिएको छ त्यसको प्रत्यक्ष असर सिंगो एनआरएनएले अंगाल्दै गैरहेको स्पष्टरुपमा देख्न सकिन्छ। गुट उपगुट र राजनैतिक प्रभाव अनि हरेक पक्षलाइ समेट्न एनआरएनए नेतृत्वले वाध्यताबस सिर्जना गर्नु परिरहेको औचित्यहिन उपसमितिहरु र कार्यदलहरु त्यसको नमुनाको रुपमा लिन सकिन्छ। आखिर हामी कहिले सम्म भागबन्डा मै अल्झिरहने हो ? २ बर्षे कार्यकाल उपसमिति र कार्यदल गठन गरेर नै बिताउने हो त ? भन्ने प्रश्न पनि यत्र तत्र उब्जिन थालिसकेको अवस्था छ। एनआरएनए ले कुशल नेतृत्व नपाएको पनि होइन र प्रभावकारी कार्यनीति तय गरेर संगठित रुपमा अघि नबढेको पनि होइन। तर सहि समयमा सहि नेतृत्व लिन सक्ने व्यक्तिको पहिचान हुन पनि सकिरहेको छैन। कथम कदाचित सहि व्यक्ति ठाउँमा पुगी हाले पनि त्यो व्यक्तिलाइ सधैं निशानामा राख्ने काम संगठन भित्रैबाट गरिन्छ , साथ दिने र सहकार्य गर्नेहरुको आशा झिनोरुपमा रहन थालेको छ ।

मातृभूमि नेपालमा मौलाईरहेको राजनैतिक कुसंस्कारको खुलेरै विरोध गर्न पछि नपर्ने तर आफ्नो पालोमा भने उही ड़्याङ्गको मुला भन्ने चरित्र खुलेरै देखाउने परिपाटी आइसिसिमा भन्दा पनि एनसीसीहरुमा ज्यादा देख्न पाइन्छ। जुनसुकै संघ संगठनहरुमा अग्रजहरुको भूमिका महत्वपूर्ण हुने गर्दछ। जव अग्रजहरुको महत्वलाइ बुझिँदैन, संस्थाको बिकासमा समय र अर्थ खर्चेका अग्रजहरुको मनोभावलाई कुठाराघात गरिन्छ तव संगठन धरापमा पर्न जान्छ। संगठन चुरो सुकिसकेको बाहिरबाट हेर्दा मात्र सद्दे जस्तो देखिने रुख जस्तो बन्न जान्छ। वर्तमान अवस्थामा एनआरएनएको सभा सम्मेलनहरुमा पनि संस्थालाई यो अवस्था सम्म ल्याउन भूमिका खेल्नुहुने अग्रजहरुको अनुपस्थितिहुँदा सम्मेलन प्रतिनिधिहरुले महसुस गर्ने खल्लोपना त्यसको ज्वलन्त उदाहरण हो।

एनआरएनएको कुरा गर्नु पर्दा आइसीसीको मेरुदण्डको रुपमा एनसिसिलाई लिइन्छ तर एनसिसिहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्ति नै नैतिक आचरण , सामाजिक अस्तित्व अझ प्रष्ट भन्नु पर्दा सामाजिक संघ संस्थाको मर्म भावना र विधि विधान बुझेको हुँदैनन् , राजनैतिक आचरण चरम रुपमा बोकेका हुन्छन त्यसमाथि पनि सर सल्लाह दिने र मार्ग निर्देशन गर्नेहरु पनि त्यहि राजनैतिक पृष्टभूमिबाट उदाएकाहरु हुन्छन भने त्यो संरचनाबाट सिंगो एनआरएनए र स्थानीय नेपाली समाजले के आशा गर्ने ? एउटा समुहलाई च्यापेर गुट बनाएर व्यक्तिगत स्वार्थका निम्ति हिँड्ने एनसिसिमा नेतृत्व गर्ने कतिपय कुण्ठित मानसिकता बोकेका अदुरदर्शी र मनोगतवादी चिन्तन र अधिक महत्वकांक्षा जस्ता चरम अवसरवादी सोच र तदनुरुपको व्यवहारले कतिपय नेपालि समाजको एकतालाई भाँडेको छ। समाजलाई गुट र उपगुटमा विभाजन गरि नेपाली समाजलाई बद्नाम गर्न लास माथि राजनीति गर्ने , आपद विपदको संवेदनशील घडीलाई चरम व्यक्तिगत महत्वकांक्षा पुरा गर्न प्रयोग गर्ने अहंकारबाट ग्रस्त यस्ता नेतृत्व कर्ताहरुबाट समाजले के नै प्राप्त गर्न सक्छ र ? समाज फटाएर आफ्नो स्वार्थ पूर्ति गर्न पल्केकाहरुबाट के आशा गर्ने ? नेतृत्वमा आएर पनि अन्यत्र कतैबाट संचालित हुने बुख्याँचाहरुले समाजलाई नेतृत्व गर्न सक्दैनन्। आफ्नै सिमित स्वार्थ पूर्तिको निम्ति अख्तियारीको दुरुपयोग गर्ने, आत्म प्रशंशा र आत्मरतिमा रमाउने स्वघोषित टोपिधारी ठाडो आदेशको भरमा संस्था चलाउन खोज्ने बिकृति र विसंगतिलाइ अंगाल्ने तथाकथित समाज सेवीहरुको खुलेरै विरोध किन नगर्ने ? आफुलाई मालिक र अरुलाई दास ठान्ने अभिजात बर्गीय सोच र मिलनसार सारमा खतरनाक दुश्मनको चरित्र बोकेका क्षेपारारुपी समाजसेविहरुको खुलेरै विरोध गर्न किन डराउने ? आजको समयमा संस्था र समाजलाई अभिभावकत्व ग्रहण गर्न सक्ने नेतृत्वकर्ताको खाँचो छ न कि बुख्याँचाहरुको।

सबै भन्दा महत्वपूर्ण कुरा भनेको एनआरएनएको महत्वपूर्ण पदीय जिम्मेवारी लिने व्यक्तिहरुलाई किन अनुशासनको दायरामा राख्ने काम र विधि विधान लागु गराउने काम हुँदैन ? यदि मनपरीतन्त्रनै हावी हुँदै जाने हो भने केहि बर्ष पछि गैर आवासीय नेपाली संघको अस्तु खोज्न वाध्य हुनु पर्ने स्थिति नआउला भन्न सकिन्न । समृद्ध नेपालको परिकल्पनासंग जोडिएका लाखौं गैर आवासीय नेपाली हरुको भावनालाई कुठारा घात गर्ने अधिकार कसले दिन्छ यस्ता नकावधारिहर्लाई ? नातावाद, कृपावाद र पार्टीवाद हावी भएर सत्यता हराएको अवस्था छ यहाँ। जव आँखा सद्दे नै भए पनि अन्धोपनको नाटक गर्छौँ , कान सुने पनि बहिरो बनिदिन्छौँ , जानकार हुँदा हुँदै पनि अन्जान बनिदिन्छौँ अनि कसरी र कहाँ गएर हामीले हाम्रो र संगठनकोअश्तित्व खोज्ने ? किन मौन छन् सबै ? असत्य किन हावी भैरहन्छ ? उत्तर एउटै छ र त्यो उत्तर हो ” जव सत्य मौन रहन्छ ”। अहिलेको समयमा गैर आवासीय नेपाली संघले यस्ता कुराहरुलाई नजिक बाट नियालेर हेर्नु आवश्यक छ। जव सुक्ष्म भन्दा सुक्ष्म कुराहरुलाई महत्व दिइन्छ अनि मात्रै सिंगो संगठन र समाजमा परिवर्तनको अनुभूति दिलाउन सकिन्छ। अग्रजहरुलाई सम्मान गर्दै वहाँहरुको भोगाइ र अनुभवको साथ्ले नै आउने पिढी लाइ मार्ग निर्देशन बन्ने गर्दछ। गल्ति कमजोरीको सुधारेर अघि बढे मात्र संस्थाको साख र महत्व बढ्ने छ। होइन भने सामाजिक संजालमा प्रचारबाजी गरि आफ्नाहरुको अघि पदको फुइँ लगाउने, पदको बिल्ला लगाउने होडबाजी र व्यक्तिगत रिसइवी उतार्ने अखडा मात्र बन्ने छ एनआरएनए । संघ संगठन आफैमा खराव हुँदैनन् तर नेतृत्व गर्ने व्यक्तिहरुको आचरणले नै आम जनमानसमा त्यो संगठन प्रति सकारात्मक वा नकारात्मक धारणा सिर्जना गर्ने गर्दछ।

सिंगो गैर आवासीय नेपाली संघ कोरोना भाइरसबाट ग्रसित जस्तो छ भने एनसिसिहरु क्वारेन्टाइनमा जस्तो । स्वार्थ पूर्तिको रोगले ग्रसित संगठनलाई बचाउने जिम्मेवारी तपाईं हाम्रै हो। मौन मात्र बसेर तमासा हेरी रहने हो भने यथास्थितिमा रहीरहने छ र परिवर्तन केहि हुनेवाला छैन। प्रत्येक एनसीसीहरुलाई बलियो बनाउँ , कमि कमजोरीलाई सुधारौं। अझै पनि गैर आवासीय नेपाली संघलाई माया गर्नेहरुकी कमि छैन। किनकी ”एनआरएनएको सम्वन्ध नेपाल संग जोडिएको छ देशको माँया संग जोडिएको छ ”। अस्तु !

भवानी तिवारी, महासचिव, गैर आवासीय नेपाली संघ अष्ट्रिया

 

वि.सं.२०७६ चैत ९ आइतवार ०६:२८ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...