१० चैत, काठमाण्डौं । कोरोना भाइरसबारे गलत सूचना संप्रेषण नगर्न सरकारले पटक पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । तर, जिम्मेवार व्यक्तिहरुले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो ।
वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक संजालमा लेखेपछि देशभरी सनसनी मच्चियो । पर्साका सिडियो ललितकुमार बस्नेतले समेत रुगंटलाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिएपछि सिंगो देश आतंकित बनेको हो ।
खासमा व्यवसायी रुगंटालाई संक्रमणको आशंकामा मात्र परीक्षण गरिएको थियो । उनलाई संक्रमण नभएको रिर्पोट आइतबार बेलुका नै अस्पतालले दिएको थियो । पटना अपतालमा उपचार गराएका उनमा संक्रमण नभएको रिर्पोट रुगंटाका आफन्त तथा पूर्वसांसद अनिल रुंगटाले बताएको पनि सोमबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७६ चैत १० सोमवार ०८:२८ मा प्रकाशित






























