back
CTIZAN AD

कोरोनासँग जुध्न एनआरएनएले १ करोड दिने

वि.सं.२०७६ चैत १० सोमवार

1.4K 

shares

१० चैत्र, काठमाडौँ । गैरआवासीय नेपाली संघले विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड १९) विरुद्ध जुध्न नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले कोरोना महामारीसँग लड्नका लागि संघको तर्फबाट १ करोड आर्थिक सहयोगको घोषणा गरिएको जानकारी दिएका छन् । संघको आइतबार बसेको ७२ औं बैठकले १ करोड रुपैयाँबराबर प्रधानमन्त्री राहत कोषमार्फत् वा सल्लाहबमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरेको उनले बताए ।

यसैबीच संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति, त्यस मातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्याङ्क संकलनको तयारी पनि गरिरहेको पन्तले बताए ।
संघका विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुले पनि सूचनामार्फत कोरोना भाइरसबाट सुरक्षित रहन र समस्यामा परे कहाँ कसरी सम्पर्क गर्ने जानकारी गराईरहका छन् ।

वि.सं.२०७६ चैत १० सोमवार ०९:०६ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...