back
CTIZAN AD

कोरोनाको त्रास फैलिएसँगै आयात बढ्यो, फागुनमा मात्रै १२ अर्बको सामग्री भित्रियो

वि.सं.२०७६ चैत १० सोमवार

786 

shares

१० चैत, काठमाण्डौं । कोरोना भाइरस कोभिड १९ को त्रास फैलिएपछि विभिन्न सामाग्रीको आयात बढेको छ । माघको तुलनामा फागुनमा करिब १२ अबै रुपैयाँ बढीको सामान आयात भएको छ ।

तथ्यांक अनुसार पुसमा मात्रै १ खर्ब १३ अर्बका सामाग्री आयात भए । माघमा ४ अर्ब ५२ करोड रुपैयाँ कम अर्थात् १ खर्ब ८ अर्ब रुपैयाँका सामग्री मात्रै आयात भएका थिए । माघमै कोभिड १९ विश्वव्यापी फैलिदै गएको र विश्व स्वास्थ्य संगठनले उच्च जोखिमको सूचीमा राखेपछि यसको त्रास जनस्तरसम्म पुग्यो । जसले गर्दा दैनिक खाद्य सामग्री, औषधिदेखि अत्यावश्यक वस्तुको भाउ उच्च भएपछि नेपालमा अयात भएको हो ।

गत वर्षको ८ महिना (साउन–फागुन) सम्मको तुलनामा यसवर्ष भने काम आयात भएको देखिन्छ । गतपवर्ष फागुनसम्म ९ खर्ब ४९ अर्ब रुपैयाँको आयात भएकोमा यस वर्ष सोहि अवधिमा ९ खर्ब २४ अर्ब रुपैयाको सामग्री आयात भएको सोमबारको कान्तिपुर दैनिकमा समाचार छ ।

पछिल्ले पटक भारत र चीनबाट आयात घटेका छ भने आयात बढेका मुलुकमा इन्डोनेशिया, युएई, अमेरिका, क्यानडा, अर्जेन्टिना, साउथ अफ्रिका, थाइल्याण्ड, स्विटजरल्याण्ड, मलेसिया, दक्षिण कोरिया, साउदी अरब, ओमान, फ्रान्सलगायतका रहेका छन् ।

वि.सं.२०७६ चैत १० सोमवार ०९:१६ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...