back
CTIZAN AD

डा.रवीन्द्र पाण्डे भन्छन्–यस्तो समस्या देखिएमा कोरोना परीक्षण गराउनुहोस्

वि.सं.२०७६ चैत १० सोमवार

897 

shares

१० चैत, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले यी विभिन्न समस्या देखिएमा कोरोना परीक्षण गर्न सुझाव दिएका छन् ।

नियमित रुपमा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै जनचेतना जगाउँदै आएका डा. पाण्डेले पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी र नेपालमा त्यससम्बन्धी सर्तकता अपनाउनका लागि निरन्तर रुपमा सामाजिक संजाल तथा विभिन्न संचारमाध्यमबाट जनचेतना जगाउँदै आएका छन् ।

डा. पाण्डे सुझाव दिन्छन् यस्तो अवस्थामा कोरोना परीक्षण गराउनुहोस्
-अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा
-सुख्खा लहरे खोकी लागेमा
– सास फेर्न निकै गाह्रो भएकोमा
-छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
– एकदम थकाइ लागेमा

कुन अवस्था मौसमी फ्लु हो ?
-रुघा लागेमा
-नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
-मन्द ज्वरो आएमा
-सामान्य खोकी लागेमा
-हाच्छ्युं आइरहेमा
-हल्का शरीर दुखेमा

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो । ८५ प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ । घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ ।

बाँकी १० प्रतिशतलाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ । केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ । २-३ प्रतिशतको मात्र मृत्यु हुन्छ । यो २-३ प्रतिशत मृत्यु हुने धेरै रोगहरु छन् ।

‘भारतबाट धेरै खतरा छ, सरकारले १५ दिन लकडाउन गरोस्’

वि.सं.२०७६ चैत १० सोमवार ०९:४२ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...