back
CTIZAN AD

‘भारतबाट धेरै खतरा छ, सरकारले १५ दिन लकडाउन गरोस्’

वि.सं.२०७६ चैत ७ शुक्रवार

1K 

shares

७ चैत, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले यतिबेला कोरोना भाइरसका कारण नेपाललाई भारतबाट धेरै खतरा रहेको बताउँदै सरकारले १५ दिन लकडाउन गरेमा दुरदर्शी निर्णय हुने सुझाव दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा पछिल्लो समय विशेषत विश्वभरी फैलिएको कोरोना भाइरसका बारेमा जनचेतना जगाउँदै आएका डा. रविन्द्र पाण्डेले भारतबाट हामीलाई धेरै खतरा रहेको र एयरपोर्ट लक, नाकाहरु सिल तथा पकेट एरियालाई लकडाउन गर्न सरकारलाई सुझाएका हुन् ।

यो व्यवस्था अपनाउँदा बाहिरबाट कोही पनि आउन नपाउने तथा यहाँ कोरोनाको संक्रमण भएका व्यक्तिहरु भएको भएपनि त्यो १५ दिनमा आफै निको हुन्छन् या अस्पताल भर्ना हुनुपर्ने पनि डा. पाण्डेले बताएका छन् ।

‘एकले अर्कोलाई सार्ने क्रम रोकिन्छ । सुरुमै यो ब्यबस्था भएको भए अरु देशमा भयाबह हुने थिएन । हामीले गर्ने रोकथाम हो । उपचार त आफ्नै इम्युनिटीले गर्ने हो ।’ डा पाण्डेले लेखेका छन् ।

कोरोना संक्रमणको त्रासः रोगभन्दा भ्रम घातक छ

वि.सं.२०७६ चैत ७ शुक्रवार ११:१५ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...