७ चैत, काठमाडौँ । आईपिएलको इतिहासमा सर्वाधिक नो-बल गर्ने ५ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :
१. एस श्रीसंत

भारतीय क्रिकेट टिमका पूर्व खेलाडी एस श्रीसंत आईपिएलमा सर्वाधिक नो-बल गर्ने खेलाडी हुन । उनले आईपिएलमा ४४ खेल खेल्दैँ ४० विकेट लिएका छन । यस क्रममा उनले २३ नो-बल गरेका छन ।
२. जसप्रीत बुमराह

भारतीय क्रिकेट टिम र मुम्बई इन्डियन्सका फास्ट बलर जसप्रीत बुमराह यस सुचिको दोस्रो नम्बरमा रहेका छन । उनले आईपिएलमा ७७ खेल खेल्दैँ ८२ विकेट लिएका छन । यस क्रममा उनले २१ नो-बल गरेका छन ।
३. इशांत शर्मा

भारतीय क्रिकेट टिमकै अर्का फास्ट बलर इशांत शर्मा यस सुचिको तेस्रो नम्बरमा रहेका छन । उनले आईपिएलमा ८० खेल खेल्दैँ ७१ विकेट लिएका छन । यस क्रममा उनले २१ नो-बल गरेका छन ।
४. अमित मिश्रा

भारतीय क्रिकेट टिमका पूर्वक्रिकेटर र अहिले डिल्ली क्यापिट्ल्र्सका खेलाडी अमित मिश्रा यस सुचिको चौथो नम्बरमा रहेका छन । उनले आईपिएलमा १४७ खेल खेल्दैँ १५७ विकेट लिएका छन । यस क्रममा उनले २० नो-बल गरेका छन ।
५. लसिथ मलिंगा

श्रीलंकन क्रिकेट टिमका कप्तान र मुम्बई इन्डियन्सका फास्ट बलर लसिथ मलिंगा यस सुचिको पाँचौ नम्बरमा रहेका छन । उनले आईपिएलमा १२२ खेल खेल्दैँ १७० विकेट लिएका छन । यस क्रममा उनले १८ नो-बल गरेका छन ।
वि.सं.२०७६ चैत ७ शुक्रवार ११:४० मा प्रकाशित






























