back
CTIZAN AD

कोरोनाबाट जोगिन भन्दै यस्तो सुझाव दिन्छन् साइप्रसबाट कृप थापा

वि.सं.२०७६ चैत ७ शुक्रवार

813 

shares

७ चैत, साइप्रस। गैरआवासीय नेपाली संघ साइप्रसका महासचिव कृप थापाले कोरोना भाइरस जोगिनका लागि यस्तो सुझाव दिएका छन् ।
कोरोना भाइरसबारे जानकारीका उपायहरु

विश्वस्वास्थ संगठनले कोरोना भाइरस संक्रमण बिश्वब्यापी महामारीको रुप घोषणा गरेको सर्बबिदित नै छ । यसको सुरुवात चीनदेखि भएको हो भने यसको रोकथामका लागि केही सफलता प्राप्त गरेपनि पछिल्लो समयमा युरोप र अन्य क्षेत्रमा यो उच्च गतिमा फैलिएको छ । १५६ देशमा फैलिएको कोभिड-१९ को संक्रमणबाट वच्न र बचाउन तथा गलत समाचार र आधिकारिक स्रोतबाहेक अन्य स्रोतको समाचार सामग्रीको भ्रमणमा नपर्ने, नआतिन तर उच्च सावधानी अपनाउन हामी हार्दिक अपिल गर्दछौं ।

कोरोना भाइरस कोभिड-१९ का लक्षणहरु
१- पहिलो चरण-ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ), सुख्खा तथा लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, घाँटी बस्ने, थकाइ लाग्ने ।

२ – दोस्रो चरण-आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने, पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने, श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगले च्यांप्दै जाने ।

३ -तेस्रो चरण-सास फेर्न निकै गाह्रो हुने अर्थात् हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने । धेरै छाती दुख्ने, उठ्न निकै गाह्रो हुने, कन्फ्युज हुने, बेहोश हुने ।

कोरोना भाइरस सर्ने माध्यम
१) १.५ मिटर नजिकबाट हाच्छिउँ गर्दा वा खोक्दा निष्कने थुकको छिटाबाट ।
२)सङ्क्रमित व्यक्तीसँग सम्पर्क हुँदा, हात मिलाउँदा, अंगालो मार्दा वा निजले प्रयोग गरेका सामाग्रीहरु प्रयोग गर्दा ।

कोरोना भाइरसबाट बच्ने र बचाउने उपायहरु
१ यस भाइरसबाट बच्नको लागि पहिलो उपाय व्यक्तिगत सरसफाईमा ध्यान दिने हो । केही गरेपछी वा केही समयको अन्तरालमा हातलाई राम्रोसँग कम्तिमा २० सेकेन्ड पटक–पटक साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने ।

२ रुघा खोकी लागेमा मास्कको प्रयोग गरौ र माथी उल्लेखित लक्षणहरु देखापरेमा स्वास्थ संस्था- हस्पिटल गई स्वास्थ परिक्षण गराऔ ।

३ भिडभाडबाट अत्यावश्यक बाहेक टाढै बसौ ।

४ हाच्छिउँ गर्दा वा खोकी लाग्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने । फोहोर हातले नाक, मुख र आँखा नछुने ।

५ खाना राम्रोसँग पकाएको मात्रै खाने गरौ तथा झोलिलो र फाईबरयुक्त खाना धेरै प्रयोग गरौ ।

६ हात राम्रोसँग सफा गरेपछी मात्रै नाकमुख र आँखालाई छुने काम गरौ अन्यथा फोहोर हात र सामन्य अवस्थामा अनुहार नछोऔं ।

७ सार्वजनिक यातायातका साधनहरूमा यात्रा गर्दा सुरक्षित मास्कको प्रयोग गर्ने ।

८ बाहिर हिड्दा माक्स, पन्जा नियमितरूपमा प्रयोग गर्ने ।

यस बाहेक
साइप्रस सरकारले प्राय स्कुल, कलेज, सपिङ्ग मल, पसलहरू सिनेमा हल, थिएटर, लाईब्रेरी, क्यासिनो तथा बेटिङ सेन्टर (बाजी लगाउने ठाउँ), पुरातात्त्विक स्थानहरू, डिपार्टमेन्ट स्टोर, थिम पार्क सङ्ग्रहालयहरू, क्याफे तथा कफी सफ, होटेल र रेस्टुरेन्टर बारहरू अनिश्चितकालका लागि बन्द गरिदिएका छन् ।

वि.सं.२०७६ चैत ७ शुक्रवार ११:०० मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...