back
CTIZAN AD

आत्मघाती हमला कम्तीमा तीस सुरक्षाकर्मीको मृत्यु

वि.सं.२०७३ पुस ३ आइतवार

996 

shares

३ पुस,एडेन। यमनको दक्षिणी सहर एडेनमा आइतबार एक समूह लक्षित आत्मघाती बम हमलामा परी कम्तीमा ३० जना सुरक्षाकर्मीको मृत्यु भएको सैनिक र चिकित्सक अधिकारीहरुले जानकारी दिएका छन् ।

अल एरिस जिल्लामा अवस्थित अल सव्लाबा शिवीरमा जम्मा भएका सैनिकहरुको बीचमा नै आत्मघाती आक्रमणकारी बसि विस्फोट गराएको जनाइएको छ ।

आफ्नो तलब लिनका लागि भेला भएका सुरक्षाकर्मीहरुलाई लक्षित भएको यस आक्रमणमा परी अन्य कैयौँ घाइते भएका स्रोतले जानकारी दिएको छ ।

एडेनमै इस्लामिक स्टेट (आइएस) जिहादी समूहले जिम्मा लिएको आत्मघाती आक्रमणमा ४८ जनाको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएको एक घटनाको आठ दिनपछि पुनः सैनिक लक्षित अर्को आत्मघाती बम हमला भएको छ ।

यमनी अधिकारीहरुले यस युद्धग्रस्त देशको दक्षिणी तथा पूर्वी क्षेत्रमा गतिविधि बढाइरहेका जिहादीका विरुद्ध तीव्र कारबाही सुरु गरेका छन् ।

सरकार र यमनको हुथी विद्रोहीबीचको द्वन्द्वको कारण आइएस र अल कायदा विद्रोहीहरुले फाइदा उठाइरहेका छन् ।

साउदी अरेबियासँग आबद्ध संयुक्त सेनाले सन् २०१५ को मार्च महिनाबाट हुथी विद्रोही विरुद्ध कारबाही जारी राखेका छन् ।

यमनमा जारी द्वन्द्वमा परी सात हजारभन्दा बढी व्यक्ति मारिएका छन् । जसमा आधा जसो सर्वसाधारण नागरिक रहेका छन् । रासस÷एएफपी

वि.सं.२०७३ पुस ३ आइतवार १०:५५ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...